काठमाडौं । गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । तर, संविधानले तोकेको व्यवस्था संविधानपालक सरकारले नै कार्यान्वयन गरेको छैन । वर्तमान सरकारमै मन्त्रिपरिषद् सदस्यको कुल संख्याको १७ प्रतिशत मात्रै महिला सदस्य छन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – प्रजातन्त्र, पञ्चायत र बहुदलीय व्यवस्थामा जस्तै गणतन्त्रमा पनि महिलालाई सकेसम्म पहुँचमा पुग्नबाट रोक्ने प्रयास भएको देखिन्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म करिब १५ सयको संख्यामा पुरुष मन्त्री बन्दा महिलाबाट मन्त्रीको संख्या भने ७२ मात्रै छ । ००७ देखि ०७५ सम्म को–को महिला मन्त्री बने ?
द्वारिकादेवी ठकुरानी महिलाबाट देशकै पहिलो मन्त्री
१३ जेठ ०१६ मा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्मा एउटी महिला अटाइन् । ती भाग्यमानी थिइन्, द्वारिकादेवी ठकुरानी । कांग्रेस राजनीतिमै सक्रिय उनी बिपी नेतृत्वको सरकारमा स्वास्थ्य र स्वायत्त शासन उपमन्त्री बनिन् । २१ सदस्यीय मन्त्रिपरिषद्मा उनी १२औं वरीयतामा थिइन् ।
दुईपटक मन्त्री दुईपटक राष्ट्रपति
देशकै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी दुईपटक मन्त्री बनिन् । ०५३ मा एमाले–राप्रपा (चन्द) गठबन्धनपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेको सरकारमा उनी जनसंख्या तथा वातावरणमन्त्री बनेकी थिइन् । गणतन्त्रपछि उनले फेरि अवसर पाइन् । ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा भण्डारी रक्षामन्त्री भइन् ।
जनजातिबाट पहिलो सरस्वती राई
सरस्वती राई ०३४ मा गठित कीर्तिनिधि विष्ट नेतृत्वको मन्त्रिपरिषद्मा जल तथा विद्युत् सहायकमन्त्री बनिन् । जनजातिबाट मन्त्री हुने उनी पहिलो महिला हुन् । दोस्रोपटक उनी ०३६ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि जनस्रोत सहायकमन्त्री बनिन् ।
दिदीबहिनी बने उपप्रधानमन्त्री
प्रजातन्त्र स्थापनापछि नेपालमा शैलजा आचार्य र सुजाता कोइराला मात्रै उपप्रधानमन्त्री बने । शैलजा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन् भने सुजाता छोरी । नाताले उनीहरू दिदीबहिनी हुन् । ०५५ मा गिरिजाप्रसाद नेतृत्वकै सरकारमा शैलजा देशकै पहिलो महिला उपप्रधानमन्त्री बनेकी थिइन् । सुजातालाई पनि गिरिजाप्रसादले नै उपप्रधानमन्त्री बनाए । उनी ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहिन् ।
वर्तमान सरकारमा महिला चार मन्त्री
केपी ओली नेतृत्वको वर्तमान सरकारमा महिलाबाट चारजना मन्त्री छन् । थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छिन् । मन्त्रिपरिषद्मा उनी अन्य महिलाभन्दा अगाडि छिन् । विना मगर खानेपानीमन्त्री छिन् भने पद्माकुमारी अर्याल भूमिसुधार तथा व्यवस्थामन्त्रीको जिम्मेवारीमा छिन् । रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री छिन् ।
पाँचजना भए तीनपटक मन्त्री
सुशीला थापा
सुशीला थापा पञ्चायतकालकी चर्चित मन्त्री हुन् । १६ चैत ०३० मा पहिलोपटक सहायकमन्त्री बनेकी उनी १५ मंसिर ०३२ मा गठित डा। तुलसी गिरी नेतृत्वको सरकारमा राज्यमन्त्री हुँदै २६ फागुन ०४४ मा मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा क्याबिनेट मन्त्री बनिन् ।
सहाना प्रधान
बहुदल आएपछि बनेको सरकारमा महिलाबाट पहिलो मन्त्री बनिन् सहाना प्रधान । ६ वैशाख ०४७ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा दोस्रो वरीयतासहित उद्योग तथा वाणिज्यमन्त्री भएकी थिइन् । त्यतिवेला संयुक्त वाममोर्चाबाट सरकारमा गएकी उनी २८ फागुन ०५३ मा लोकेन्द्रबहादुर चन्दको सरकारमा वन तथा भूसंरक्षणमन्त्री र दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद नेतृत्वको अन्तरिम सरकारमा एमालेबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाइन् ।
हिसिला यमी
हाल नयाँ शक्तिकी नेतृ हिसिला यमी गिरिजाप्रसाद नेतृत्वको अन्तरिम सरकारमा भौतिक योजना तथा व्यवस्थामन्त्री बनिन् । माओवादीबाट सरकारमा जाने उनी नै पहिलो मन्त्री थिइन् । ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेकी यमीले ०६७ मा झलनाथ खनालको सरकारमा भूमिसुधार मन्त्रालय हाँकिन् ।
राधा ज्ञवाली
०६७ मा झलनाथ खनाल नेतृत्वकै सरकारमा राधा ज्ञवालीले एमालेबाट राज्यमन्त्रीको जिम्मेवारी पाइन् । तर, उनले अस्वीकार गरिन् । शपथ नै नलिई राजीनामा दिइन् । ०६८ डा। बाबुराम भट्टराई नेतृत्वको सरकार पुनर्गठन हुँदा ०६९ मा उर्जामन्त्री बनेकी उनी ०७० मा सुशील कोइरालाको सरकारमा पुनः ऊर्जा मन्त्रालयकै नेतृत्वमा पुगिन् ।
कमला पन्त
०५५ मा गिरिजाप्रसाद नेतृत्वको सरकारमा पहिलोपटक सहायकमन्त्री बनेकी कमला पन्त ०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा पनि अटाइन् । महिला तथा समाजकल्याण राज्यमन्त्रीको जिम्मेवारी पाइन् । ६ वैशाख ०५७ मा पुनर्गठित गिरिजाप्रसाद नेतृत्वको सरकारमा पुनः राज्यमन्त्री बनिन् ।
१० जना बने दुईपटक मन्त्री
पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्यदेखि जनजातिबाट पहिलोपटक मन्त्री बनेकी सरस्वती राई, कांग्रेसकी तत्कालीन उपसभामुख चित्रलेखा यादव र माओवादी नेतृ पम्फा भुसालसम्म दुईपटक मन्त्री भएका छन् ।
०५५ मा उपप्रधानमन्त्री बनेकी आचार्य त्यसअघि ०४८ मा कृषिमन्त्री बनेकी थिइन् । एमालेकी अष्टलक्ष्मी शाक्य ०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री बनिन् । त्यतिवेला महिला, बालबालिका मन्त्रालयको जिम्मा पाएकी उनी ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री बनिन् । चित्रलेखा दोस्रो जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद नेतृत्वको मन्त्रिपरिषद् हेरफेर हुँदा ८ जेठ ०६३ मा पहिलोपटक मन्त्री बनेकी हुन् । ०७० मा सुशील कोइरालाको सरकारमा उनी शिक्षामन्त्री बनिन् ।
दुईपटक मन्त्री बन्ने अर्की महिला हुन्, उर्मिला अर्याल । उनी पनि तत्कालीन एमालेबाट ८ जेठ ०७३ मै महिला, बालबालिका राज्यमन्त्री बनेकी हुन् । ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री भइन् । फोरमकी रेणुकुमारी यादव २८ जेठ ०६० मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्री र ०६५ मा प्रचण्ड सरकारमा शिक्षामन्त्री बनिन् । कांग्रेसकै मीना पाण्डे ०५४ मा सूर्यबहादुर थापा नेत्तृत्वको सरकार तेस्रोपटक हेरफेर हुँदा पहिलोपटक राज्यमन्त्री बनिन् । ०५५ मा गिरिजाप्रसादको सरकारमा पुनः राज्यमन्त्रीकै अवसर पाइन् ।
सम्बन्धित् समाचार फेसबुक असुरक्षितः हजारौं प्राइभेट म्यासेज चोरी, एकाउन्ट बेच्न विज्ञापन !
Powered by Inline Related Posts
यस्तै, नेकपा नेतृ पम्फा भुसाल तत्कालीन माओवादीबाट पहिलोपटक ०६५ मा प्रचण्ड सरकारमा मन्त्री बनिन् । दोस्रोपटक मन्त्री हुने अवसर झलनाथ खनालको सरकार ०६८ मा पुनर्गठन हुँदा मिल्यो । यतिवेला शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । राप्रपाकी कुन्तीकुमारी शाही पनि दुईपटक मन्त्री बनेकी छिन् । ०७२ मा केपी ओली नेतृत्वको सरकारमा पहिलोपटक राज्यमन्त्री बनेकी थिइन् । २४ जेठ ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुनः राज्यमन्त्री बनिन् ।
जसले एकपटक मौका पाए
एकपटक मन्त्री बन्नेमा कांग्रेस नेतृ सुजाता कोइराला र पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीलगायत धेरै छन् । कल्पना विष्ट पञ्चायतकालकी मन्त्री हुन् । ०३६ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा शिक्षा सहायकमन्त्री थिइन् । यही सरकार पुनर्गठन हुँदा ०३८ मा भद्रकुमारी घले श्रम तथा सामाजिक राज्यमन्त्री बनिन् ।
०४० मा लोकन्द्रबहादुर चन्द सरकारमा विद्यादेवी देवकोटा स्वास्थ्य सहायकमन्त्रीकी रूपमा मन्त्रिपरिषद्मा अटाइन् । यस्तै ०४३ मा मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा चन्दा शाह आवास सहायकमन्त्री बनिन् । यस्तै कांग्रेसकी लीला कोइराला ०५२ मा शेरबहादुर देउवाको सरकारमा महिला तथा समाजकल्याणमन्त्री बनिन् । कांग्रेसकै सुशीला स्वाँर ०५८ मा देउवा नेतृत्वकै सरकारमा महिला, बालबालिका राज्यमन्त्री तथा साबित्री बोगटी भौतिक योजना तथा निर्माण सहायकमन्त्री भइन् ।
यस्तै माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला तत्कालीन राजा ज्ञानेन्द्रको १८ असोज ०५९ को कदमपछि बनेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा महिला, बालबालिका सहायकमन्त्री बनिन् । अहिले उनी प्रदेश ३ की प्रमुख छिन् । राप्रपाकी प्रतिभा राणा ०६१ मा ज्वाइँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा विज्ञान तथा प्रविधि राज्यमन्त्री भएकी थिइन् । यही सरकारमा भीमकुमारी बुढामगर पर्यटन सहायकमन्त्री बनिन् ।
दुर्गा श्रेष्ठ राजा ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा बनाएको मन्त्रिमण्डलकी एक मात्र क्याबिनेट मन्त्री हुन् । महिला तथा समाजकल्याण मन्त्रालयको जिम्मा थियो । उक्त मन्त्रिमण्डल हेरफेर हुँदा ३० असार ०६२ मा याङकिला शेर्पा स्वास्थ्य राज्यमन्त्री बनिन् । यस्तै २२ मंसिरमा दोस्रोपटक पुनर्गठन हुँदा डा। दुर्गा पोखरेल पनि महिला, बालबालिका राज्यमन्त्रीकी रूपमा मन्त्रिमण्डलमा अटाइन् । यही वेला रोशना कार्की पनि स्थानीय विकास सहायकमन्त्री बनिन् ।
फोरम लोकतान्त्रिककी करिमा वेगम ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री बनिन् । कलावतीदेवी दुसाध र चन्दा चौधरी पनि सहायकमन्त्री बने । जयपुरी घर्ती ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्री बनिन् भने यही सरकारमा भगवती चौधरी पनि वन राज्यमन्त्रीकी रूपमा अटाइन् । माओवादीकी देवी खड्काले भौतिक योजना राज्यमन्त्रीको जिम्मेवारी पाइन् । धर्मशीला चापागाईं पनि स्वास्थ्य राज्यमन्त्री बनिन् । ०६८ मा खनालको सरकार पुनर्गठन हुँदा ओनसरी घर्ती युवा तथा खेलकुदमन्त्री बनिन् । उनी देशकै पहिलो महिला सभामुख पनि हुन् ।
सम्बन्धित् समाचार रवि ओड नेपाल आइडलको ‘टप ८’ मा पुग्न सफल
Powered by Inline Related Posts
०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकार चौथोपटक हेरफेर हुँदा फोरमकी सरिता गिरी श्रम तथा यातायातमन्त्री बनिन् । त्यसैवेला माओवादीकी कल्पना धमला विज्ञान तथा प्रविधिमन्त्री तथा सत्या पहाडी शान्ति तथा पुनर्निर्माणमन्त्री भए । लीला भण्डारीलाई बाबुरामले शिक्षा राज्यमन्त्री बनाए । ज्वाला साह भूमिसुधार राज्यमन्त्री, सुषमा शर्मा संघीय मामिला राज्यमन्त्री, सुनिताकुमारी महतो सामान्य प्रशासन राज्यमन्त्री, दुर्गादेवी महतो दुर्गादेवी महतो ९धानुक० वातावरण राज्यमन्त्री, काशीदेवी झा कानुन तथा न्याय राज्यमन्त्री र रमणी राम सिँचाइ राज्यमन्त्री बनिन् ।
पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा ०६९ मा गठित सरकारमा महिला, बालबालिका तथा समाजकल्याण र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी ऋद्धिबाबा प्रधानले पाइन् । यस्तै ०७० को सुशील कोइराला नेतृत्वको सरकारमा नीलम केसी ९खड्का० महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनिन् ।
शान्ता मानवी ०७२ मा केपी ओली नेतृत्वको सरकारमा पशुपक्षी विकासमन्त्री, रेखा शर्मा सामान्य प्रशासनमन्त्री, नरदेवी पुनमगर पशुपक्षी विकास राज्यमन्त्री र मञ्जुकुमारी चौधरी सहरी विकास राज्यमन्त्री भए । यसैगरी २० साउन ०७३ मा प्रचण्ड नेतृत्वको सरकार तेस्रोपटक हेरफेर हुँदा कांग्रेसकी सीतादेवी यादव शान्ति तथा पुनर्निर्माणमन्त्री बनिन् । २४ जेठ ०७४ मा देउवा सरकारमा अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारणमन्त्री भइन् भने आशा कोइराला महिला, बालबालिकामन्त्री बनिन् ।
मिथिला चौधरी जनसंख्या तथा वातावरणमन्त्री बन्दा गोमा कुँवर विनाविभागीय राज्यमन्त्री थिइन् । यही जम्बो सरकारमा सीता गुरुङ पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीकी रूपमा अटाइन् । यस्तै, सरिता प्रसाईं कृषि विकास राज्यमन्त्री, चम्पादेवी खड्का सहरी तथा गरिबी राज्यमन्त्री, सुमित्रा थरुनी पर्यटन राज्यमन्त्री, यशोदाकुमारी लामा भूमिसुधार राज्यमन्त्री, कमलादेवी शर्मा, वन राज्यमन्त्री र कान्ता भट्टराई महिला, बालबालिका राज्यमन्त्री बने ।
देउवा र बाबुराम कालमा सबैभन्दा धेरै
०७४ को शेरबहादुर देउवा र ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सबैभन्दा धेरै १२-१२ जना महिला मन्त्री नियुक्त भए ।
पहिलो कम्युनिस्ट सरकारमा महिला शून्य
०५१ सालमा तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार बन्यो । तर, सरकारमा एकजना पनि महिला सहभागिता गराइएन । मन्त्रिपरिषद् १५ सदस्यीय थियो ।