काठमाडौं । कतार भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कतारका राष्ट्राध्यक्ष (अमिर) शेखर तमिम विन हमान अल थानीसँग द्विपक्षीय वार्ता गरेकी छिन् ।
अाजकाे नयाँ पत्रिका दैनपकमा याे खबर छ – वार्तापछि नेपाली सरकारी राहदानी वाहकलाई कतारमा प्रवेशाज्ञा नलाग्ने तथा कृषि र खाद्य सुरक्षामा सहकार्यसम्बन्धी दुई समझदारीपत्रमा दुवै देशबीच हस्ताक्षर भएको छ ।
कतारका अमिरको दरबारमा भएको भेटवार्तामा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले टेलिफोनमा जानकारी दिए ।