वर्तमान अवस्थामा चलिरहेको म्याग्दी भ्रमण वर्ष–२०७५ को पहिलो ७ महिनामा चल्दै छ । अब यो वर्षको बाँकी रहेको ५ महिनामा कति उपलब्धी हुन सक्लान् र अहिले सम्म कति सम्म उपलब्धी हासिल गर्न सकियो भन्ने विषयमा पनि केही समिक्षा र छलफल पक्कै चलाउन पर्ने थियो र आवश्यक पनि छ । अहिले म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा मनाइदै रहेको म्याग्दी भ्रमण वर्ष–२०७५ को आधा समय बिति सकेको अवस्थामा म्याग्दी उद्योग वाणिज्य संघको टोली म्याग्दी भ्रमणका लागि निम्ता दिँदै हिडि रहेको छ । भ्रमण वर्ष आधा सकिइ सक्दा बल्ल निम्ता दिन हिड्नु भन्दा बरु भ्रमण वर्ष आरम्भ हुनु भन्दा पहिल्यै हिड्नु पर्ने होइन र ?
म्याग्दी भ्रमण वर्षको अगुवाई गरेकको म्याग्दी उद्योग वाणिज्य संघले शुक्रबार बाट म्याग्दी भ्रमणका लागि निम्ता दिनका लागि अभियान नै निकालेर हिडेको छ । पाल्पा, बुटवल, चितवन, मकवानपुर, महोत्तरी, सिन्धुली, काठमाडौ पोखरा लगायतका क्षेत्रमा पुगेर त्यस क्षेत्रका स्थानिय वासिन्दालाई म्याग्दीका पर्यटकीय क्षेत्र तथा भौगिलीक सौन्दर्यको बारेमा जानकारी गराउँदै म्याग्दी आउनका लागि आग्रह गर्दै हिडेको छ । अहिले थालिएको यो अभियानले म्याग्दी भ्रमण वर्ष २०७५ लाई नै प्रतिफल देला या नदेला तर यो सकारात्मक कामले आगामी दिनका लागि भने पक्कै पनि प्रभाव पार्ने नै छ । चार दिनको कार्य सूचि बनाएर बेनी बाट प्रस्थान गरेको म्याग्देलीहरुको टोलीले प्रदेश नं. २, ३, ४ र ५ का विभिन्न स्थलहरुको अवलोकन गर्दै निम्तो बाँड्दै फर्कदै गर्दा आगामी दिनमा म्याग्दीमा आउनका लागि पाहुनालाई उत्साहीत पनि पक्कै गर्नेछ ।
म्याग्दी भ्रमणका लागि वर्षेनि झण्डै एक लाख आन्तरीक र बाह्य पर्यटकहरु आउने गरेका छन् । तर अलिकति ढिलै गरी भएको भएपनि जुन निमन्त्रणका लागि उद्योग वाणिज्य संघको टोली गएको छ त्यसले यसै वर्ष प्रभाव पार्ला नपार्ल तर त्यसले आगामी वर्षमा भने पक्कै पनि प्रभाव पार्ने नै छ । प्रचार अभियान थालनी २०७४ मै गर्नु पर्ने थियो तर त्यसो हुन सकेन कारण फरक थियो होला तर हामीले जुन सुकै पनि कार्यक्रमहरु आयोजना गर्दै गर्दा त्यो कार्यक्रम सुरु भएपछि भन्दा पनि कार्यक्रम थालनी हुनु भन्दा पहिल्यै गर्नु पर्छ ।
Previous Articleनमुना बिश्वकर्मा समाज नेपाल – कुवेत द्वारा दुई लाख पन्चानब्बे हजार भन्दा बढी आर्थिक सहयोग ( विवरण सहित )
Next Article रेमिट्यान्स वृद्धिदर बढ्दै