सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापान कार्यक्रम सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भइरहेका छन् ।
चियापान कार्यक्रम शनिबार दिउसो १ बजेबाट सुरु भएको हाे । चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति रहेको छ ।
कार्यक्रममा राज्यका संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदारहरूलाई निम्तो गरिएको नेकपाले जनाएको छ । ५० हजारजनालाई निम्ता गरिएको भनिएको चियापान समारोहमा निकै भिडभाड छ । नेकपाले चियापानमा चिया, कचौरी, निम्की र केरा लगायत परिकार राखेको थियो । चियापान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने छ ।