काठमाडौं । सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ ।
अाजकाे अन्ननपुर्ण पाेष्ट दैनिकमा याे खबर छ – यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाट सेवा उपलब्ध गराउने जानकारी दिए ।
‘वैदेशिक रोजगारीमा जानेले मंसिरदेखि आफ्नै प्रदेशबाट सेवा पाउनेछन्’, उनले भने । वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन लागेको हो ।