-अमर बानियाँ
सामान्यतयाः आनन्द लिने उद्देश्यले मानिस एक ठाउँबाट अर्कोठाउँ, एक देशबाट अर्को देश र स्थान विशेषमा जाने÷आउने कार्यलाई पर्यटन भन्ने गरिन्छ । यसरी गरिने भ्रमणमा हुने खर्चबाट सेवावापत प्राप्त आम्दानीले मानिसका व्यवसाय बढ्ने भएकाले पर्यटन प्रवद्र्धन मानिएको हो । यस्तो भ्रमणबाट गरिने खर्च विश्वमा ठूलो मात्रामा रहेको छ । त्यसैले प्रत्यक्ष÷परोक्ष रुपमा पर्यटनलाई उद्योगको रुपमा लिएको हो । विश्वमा विज्ञान र प्रविधिको विकाससँगै आर्थिक समृद्धि भैरहेको छ, जसको कारण भएको आम्दानी र फूर्सदलाई खर्च गर्ने क्षमता निरन्तर बढ्दै त्यही समय र पैसालाई आफूतर्फ आकर्षण बढाएर उपयोग गर्न सक्नु नै पर्यटनको बजारीकरण हो । हालै मात्र एक अध्ययन अनुसार विश्वमा पर्यटन आगमनको सङ्ख्या एक अरबभन्दा बढी भएको देखिन्छ । नेपालले मात्र एक वर्षमा बिस लाखको लक्ष्य राख्नु एकदम न्युन हो । म्याग्दीमा भने पर्यटन आगमन वार्षिक ६० देखि ८० हजारको हाराहारीमा हुने गरेको तथ्याङ्क छ ।
सङ्घीय नेपालको राजधानी काठमाडौंदेखि २८५ कि.मी. गण्डकी प्रदेशको राजधानी पोखराबाट ८० कि.मी. पश्चिममा पूर्व, पर्वत, उत्तर, मुस्ताङ, डोल्पा, पश्चिम र दक्षिण बागलुङ जिल्लाको बिचमा अवस्थित सामुद्रीक सतहबाट ८०० मि. देखि ८,१६७ मि. उचाई ८३.०८ं–८३ं–५३ं पूर्वी देशान्तर र २८ं–२०ं–२८ं–४७ उत्तरी आक्षांश परिवेष्ठित यस क्षेत्र भएर बग्ने कालीगण्डकी र म्याग्दी नदीमध्ये म्याग्दी नदीबाट राखिए नाम म्याग्दी जिल्ला १ नगरपालिका र ५ गाउँपालिका २,२८७.०६ वर्ग कि.मी. क्षेत्रफल र १,१३,६४१ जनसङ्ख्या रहेको छ ।
ऐतिहासिक सांस्कृतिक, प्राकृतिक हिसाबले अति नै समृद्धि म्याग्दी आफैमा १ स्वर्गको टुक्रा हो । यस जिल्लामा बसोबास गर्ने मगर, क्षत्री, प्रमाण, विश्वकर्मा, दर्जी, छन्त्याल, थकाली, गुरुङ, नेवारको मिश्रित बसोबास, सामाजिक चालचलन, रीतिरिवाज, चार्डपर्वमा सबैको त्यत्तिकै सहभागिता जनाई अति हार्दिकतापूर्वक मिलेर बसेका सबै जातजाति जनजाती म्याग्दीमा हुन् ।
म्याग्दी जिल्लामा पर्यटनको कुरा गर्दा, संसारका ८००० मि. अग्ला हिमालमध्ये ८ वटा हिमाल नेपालमा छन् तीमध्ये पनि संसारकै सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ र ८१६४ मि. अग्लो अन्नपूर्ण हिमालदेखि निलगिरीसहित धौलागिरी हिमश्रृङ्खला, मानापाथी, मुना, गूर्जा, सितालगायत ६,००० मि. अग्ला ५१ वटा हिमचुचुरा म्याग्दीको भूगोलभित्र रहेका छन् । जसको ३६ प्रतिशत भू–भाग हिमाली क्षेत्र छ । तथापि हालसम्म सरकारले हिमाली जिल्लाको घोषणा गरेको छैन । म्याग्दीको भूगोलमा भएका हिमश्रृङ्खलाबाहेक शाहसिक पर्यटकलाई आकर्षित गर्ने सर्बाङ्ग, छडबराङ, हिँड्न भ्याली जस्ता ग्यालेसियर प्रकृतिले हामीलाई जोडिएको छ त्यसैलाई भरपुर प्रयोग गरी त्यसैबाट हामीले फाइदा लिन पनि सक्नुपर्छ । हामी म्याग्देलीहरुलाई दिएको अर्को बरदान भनेको जलस्रोत पनि हो । यस क्षेत्र भएर बग्ने संसारकै अचम्मको शालीग्राम बोकेर मुक्ती क्षेत्र भएर बग्दै आएको कालीगण्डकी यसका सहायक नदीको रुपमा, मिरिस्तीखोला, रुप्से झरना, घलेम्दीखोला, घारखोला, रहुखोला, धौलागिरी, हिमाल श्रृङ्खलित म्याग्दीखोला र त्यसका सहायक खोला, गुरगार खोला, दाङखोला, इल्पु खोला, लमसुङ झरना (लभ्ली), रुप्से झरना, नारच्याङ झरना, झरना र संसारकै गहिरो अन्नपूर्ण–धौलागिरी गल्छी (अन्ध गल्छी) ८,१३७ म्याग्दीको अन्नपूर्ण गाउँपालिका दाना, नारच्याङ क्षेत्रमा छ । जलस्रोत मात्र नभई प्राकृतिक, उपचार र आनन्दका लागि तातोपानीका मुहानहरुले पनि थप आकर्षण थपेको छ । सदरमुकामकै नजिक बेनी नगरपालिका–४, को सिङ्गा तातोपानी प्राकृतिक उपचारका लागि वर्षेनी ३० हजार मानिसले स्वास्थ्यलाभ लिने गर्दछन् भने अन्नपूर्ण गाउँपालिकाको भूरुङ–तातोपानी पाउद्वार तातोपानीका कुण्डमा दुब्ने र नुहाउनका लागि मुस्ताङ, क्षेत्र भ्रमण, अन्नपूर्ण राउण्ड भएर आउने पर्यटकलाई विश्राम गर्ने, थकाई मार्नलाई महशुस नभएको तर मानव उपयोगमा आइरहेको गूर्जाको झरनासहितको तातोपानी सिमकोष तातोपानी, दर्मिजाको तातोपानी कुण्डहरुलाई हिमाली भू–भाग मात्र नभई म्याग्दीमा दृश्यावलोकनका लागि अति नै सुन्दर पहाडी चुचुराहरु छन् । जसमध्ये संसारकै उत्कृष्ट १० गन्तव्यमध्यको सुन्दर पदमार्ग अन्नपूर्ण पदमार्गमा पर्ने घोरेपानी, महरेडाँडा, खोप्रालेक, रुईसे, दोवाको धुरी, आसपासको धुरी, गूर्जा देउराली, जलजला, आसपास रायचौर मित्रीबाङ जस्ता हिमाल आँखा नजिक देखिने प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिन्छ । साथै हनिहन्टिङ, सिलाजित हन्टिङको आकर्षक केन्द्र बनाउन सकिन्छ ।
म्याग्दीलाई दिएको प्राकृतिक बरदानमध्ये अर्को बरदान हो जङ्गल र जडिबुटी सामुन्द्रीक सतह ८०० मि. देखि ८,१६७ हिमाल भएका कारण उष्ण हावापानी तथा शितोष्ण हावापानीले जिल्लाको समग्र भू–भागको ३५ प्रतिशत भू–भाग वनजङ्गलले ढाकिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष, उच्च पहाडमा रहेको गुराँसे जङ्गल र घोडेपानी क्षेत्र जहाँ २७ जातका गुराँसे प्रजाति, सोलेको लेख, टोड्के क्षेत्र, देवीस्थान भेडाखोरको गुराँसे जङ्गलबाहेक कोणधारी, चौडापाटे, झाडीयुक्त प्रजाति जडिबुडीका लागि उपयुक्त रुख विरुवा आफैमा प्राकृतिक सुन्दरता, वातावरणीय सन्तुलन जैविक विविधताले भरिपूर्ण वन क्षेत्रलाई क्रिडास्थल बनाई कस्तुरी, मृग, राते, घोरल, झारल, दुम्सी, च्याङमुसा, बाघ, भालु, बँदेल, व्याँसो, स्याल जस्ता वन्यजन्तु, डाँफे, मुनाल, फोकाँस च्याखुरा, कालीज, ढुकुर, जुरेला, तित्रा, हिमाली गिद्ध (जटायु) लगायतका थुप्रै प्रजातिका चरा चुरुङ्गीको बासस्थान रहेको छ । जसलाई भरपुर उपयोग गरी, पर्यापर्यटन, जङ्गल जडिबुटीको अध्ययन अनुसन्धान जङ्गल सफारी जस्ता पर्यटकीय स्रोत बनाउन सकिन्छ ।
म्याग्दी जिल्लाको ऐतिहासिक तथा धार्मिक पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा अवस्थित बेनीबजारमा रहेका मल्लकालीन मठमन्दिर, शिवालयधाम, डोलेश्वर महादेव मन्दिर, लक्ष्मीनारायण, भगवती मन्दिर, महारानीस्थान, बौद्ध स्तुप र प्रख्यात गलेश्वरधाम, पौलस्त्य पुलहाश्रम, जगन्नाथ गुफाको डाँडो, डढेकोट, ढोलठान दरबार, राखुभगवती कोट, ज्यामरुककोट, निस्कोट, ताकमकोट जस्ता धार्मिक तथा ऐतिहासिक स्थान हुन् जसको ऐतिहासिक महत्वका साथै धार्मिक गन्तव्य बनाई पर्यटन प्रवद्र्धन हुन सक्छ ।
माथि उल्लेखित विभिन्न स्रोतलाई भरपुर रुपमा उपयोग गर्ने भनेकै मानव समुदाय नै हो । जसको बस्ती र गाउँहरु झन् पर्यटन आकर्षण गर्न सक्ने विशेषता बोकेर बसिरहेका छन् । यस जिल्लामा बसोवास गर्ने मुख्य जाति भनेको मगर जाति हो । यसका साथै क्षत्री, ब्राह्मण, गुरुङ, नेवार, ठकुरी, दलितलगायत जातजातिहरु रहेको छन् । मगर जातिका बस्ती प्रायः उच्च पहाडी भू–भागमा घना वस्ती बनाई आपसी मेलमिलापका साथ गाउँ विशेषका संस्कार संस्कृति, रहनसहन खानपान फरकफरक हुन् । त्यस्तै छन्त्याल इत्यादी खालका संस्कार संस्कृतिको जानकारी लिन अध्ययन गर्ने मेलापर्व घरबास तथा चाडपर्व मनाउने ग्रामीण पर्यटनका बारेमा बाहिरी संस्कारलाई यहाँ दिन सकेमा गाउँले जीवनमा आयआर्जन भई समाज समृद्ध हुन सक्दछ ।
पर्यटकीय उत्पादनलाई बजारसम्म पु¥याउन त्यति सजिलो छैन । कुनै एउटा ठाउँ, स्थान, विषय, विशेषलाई उजागर गर्न समन्वयात्मक तरिकाले त्यस्ता उत्पादनलाई बजारको खोजी गरिनुपर्दछ । नयाँ नेपाल निर्माणकार्य पर्यटन क्षेत्रबाटै सुरु गर्नुपर्छ । पर्यटनमा देखिएको केन्द्रीकृत नीतिलाई अन्त्य गरी जिल्ला र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरी विकेन्द्रीकरणको नीति अवलम्बन गर्नु सङ्घीय सरकारको मूल दायित्व हो । म्याग्दी जिल्लामा पर्यटन बोर्ड तथा पर्यटन विकास कार्यालय, टुर एण्ड ट्राभल र ट्रेकिङ अफिस हुनसके मात्र जिल्लाले पर्यटन क्षेत्रमा फड्को मार्न सकिने अवस्था सिर्जना हुन सक्छ ।
म्याग्दी जिल्लामा हुन सक्ने पर्यटकीय क्रियाकलाप र सम्भावनाः
१. पर्वतारोहण
२. पदयात्रा
३. ग्रामीण पर्यटन
४. घरबास
५. पर्यापर्यटन
६. हनी हन्टिङ
७. तातोपानी पर्यटन
८. ¥याफ्टीङ
९. जडिबुटी अवलोकन
१०. चराचुरुङ्गी अवलोकन
११. ऐतिहासिक धार्मिक पर्यटन
१२. रक क्लाइम्बिङ
१३. कायाकिङ क्यालोइङ
१४. माउन्टेन बाइक रेस
१५. फिसिङ
१६. खेल पर्यटन
यस क्षेत्रको पर्यटन विकास गर्न माथि उल्लेखित विषयलाई मध्यनजर राख्दै म्याग्दीका अनुपम प्राकृतिक, धार्मिक पुरातात्विक, ऐतिहासिक, शाहसिक सम्पदाहरुको सदुपयोग गर्न अब ढिलो भैसकेको छ । नेपाल सरकारको २०२० सालसम्म पर्यटन भ्रमण वर्षमा २० लाख पर्यटन भिœयाउने योजनामा म्याग्दी पनि सक्रिय सहभागी भई बढीभन्दा बढी पर्यटक म्याग्दीमा कसरी भिœयाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको छ । पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य सम्पन्न भएपछि पोखरा, आउने पर्यटकलाई म्याग्दीको भ्रमण गराउन आजैबाट म्याग्दी वरिपरीका क्षेत्र मुस्ताङ, बागलुङको ढोरपाटन क्षेत्र र पर्वतसँग पनि हातेमालो गरी धौलागिरीलाई उपकेन्द्रको रुपमा विकास गर्नुपर्छ ।
(लेखक धौलागिरी पर्यटन परिषद म्याग्दीका अध्यक्ष हुन् ।)
Previous Articleदशैको बेला निकालिएको नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन
Next Article मोना बेल्जियम द्वारा नजिन विकलाई आर्थिक सहयोग