
सोमकृष्ण श्रेष्ठ / नियम विपरित र कसैको बेईच्छा तथा चाहना विपरित बल पूर्वक गरिने कुनै पनि कृयाक्लापलाई बलात्कार भनिन्छ । अाज हामी नेपाली समाजमा संधै सुनि रहनु पर्ने बलात्कार भनेको चाहिँ एक बालिका या महिला कुनै पुरूषबाट जवर्जस्ती योन सम्वन्ध हुन पुग्नु हो । त्यो पुरूष भन्नाले परका वा नचिनेका नजानेका मात्र नभै अाफ्नै बाबु, काका, मामा, दाई, भाइ, हजुर बुबा, ससुरा, भिनाजु, जेठाजु, देवर, पति या श्रीमान् लगाएत जो पनि नातामा पर्नेहरू हुन सक्छन् जस जस बाट एउटी महिला यो मामलामा सुरक्षित हुन सक्दैन ।
जब यी पुरूषहरूले नैतिक गुमाउन पुग्छन्, मनमा राक्षसीपन् पैदा गर्न थाल्छन् त्यति ब्यला कुनै पनि स्थानमा, कुनै पनि ब्यलामा र कुनै पनि अबस्थामा पर स्त्री अनि वयंस्क मात्र नभै बालिका, वृध्दा तथा अपाङग अनि अाफ्नै छोरी, बुहारी, बहिनी, चेली, भाञ्जी, नातिनी, भतिजी, साली, शिष्य र श्रीमतीलाई समेत पनि बलात्कार गर्न पुग्छन् । जसबाट समाजमा एउटा पुरूष नाम नै कलङ्कित हुन गई रहेको छ ।
हाल केहि विश्लेषक मित्रहरूले महिलाले छोटो कपडा लगाएका कारण बलात्कारका घटनाहरूमा वृध्दी भएको कुरा पनि राखेको पाएँ । यसमा म अलि कति पनि सहमत हुन सक्दिन किन भने अहिले जति पनि बलात्कारका घटना सार्वजनिक भएका छन् ती मध्य अधिकांश कि त गृहणी अर्थात सारी चोलोमा या कुर्ता सुर्वाल लगाएको अवस्थामा बलात्कृत भएका छन् कि त बाल बालिका अर्थात विद्यालयका युनिफममा बलात्कृत भएका छन् र केहि मात्रामा अपाङ्ग र वृध्दा पनि बलात्कारको शिकार कनेका छन्,अब यो अवस्थाका महिलाले लगाएको बश्त्रको के चर्चा गरौं ? नेपालको सन्दर्भमा मोडेल, नायिका तथा गायिकाहरू अनि तिनीहरू जस्तै देखिन चाहने युवतीहरूले छोटो कपडा लगाउने गर्छन् त्यसमा मेरो भन्नु केहि छैन । उनको भेषभुषा लगाउन पाउनु पर्ने स्वतन्त्रताको विषय हो ।
यदि बलात्कार छोटो कपडा लगाएका कारण नै प्रमुख बन्थ्यो त चर्चित ज्योती मगर, लक्ष्मी अाचार्य, अर्चना पनेरू जस्ता सयौं नेपाली मोडलहरू बलात्कृत भएको खबर सुन्न पाउँथ्यौ होला । अनि पश्चिमा विकशित राष्ट्रहरूमा त कुनै पनि महिलाहरू बलात्कारबाट बच्न सक्दैन थियो होला । तसर्थ बलात्कार हुन छोटा कपडा तथा फेसनएवल ड्रेसहरू प्रमुख कारण होईन भन्ने मेरो तर्क हो । बलात्कार हुन सक्ने अवस्था भनेको एउटी महिला अार्थिक, धार्मिक, सामाजिक, शारीरिक, मानसिक र एक्लो एकान्तमा परि कमजोर भएको अवस्था हो र त्यसको फाईदा उठाउने नरपिचाश, पशु, तथा राक्षस मानव रूपी पुरूषको नाममा कलङ्कहरू नै हुन् ।
त्यसैले समाजमा बलात्कार जस्ता जघन्य अपराध कार्यमा संलग्न पुरूषहरूलाई कडा भन्दा कडा सजाएँ दिनु पर्छ भन्नु सभ्य समाजको जोडदार माग हो र यस्तालाई कुनै पनि बहानामा लुकाउने, छिपाउने तथा बचाउने कार्यमा हामी कसैले पनि कुनै पनि क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुन्न भन्ने मेरो धारणा रहेको छ ।
एउटी महिला बलात्कार भएको यति बेला थाहा हुन्छ जतिबेला ती बलात्कृत महिलाको हत्या पनि भई सकेको हुन्छ ।
या जतिबेला पीडित महिलाले अाफू बलात्कार भएको कुरा अाफै बाहिर लिएर अाउँने गर्छ । नत्र भने यस्ता केस पुरूष प्रदान समाजमा भित्र भित्रै दविएको हुन्छन् या दवाएका हुन्छन् । यो हुनुमा हाम्रो समाज नै प्रमुख दोषी हुन् कि घटना बाहिर अाउनु भनेको एउटी महिलाकै ईज्जतको कुरा संग जोड्दै वितृष्णा जगाउनु हो । यस्तै देशको कानुन पद्दती फितलो हुनु त अाफ्नो ठाउँमा छ तर पुरूष प्रदान समाज जहाँ पुरूषले गरेको हरेक कुराहरू सहनु पर्छ भन्ने महिलामा लाग्नु र घटना बाहिर नल्याउनु पनि बलात्कार गर्नेहरूको मनोवल बढ्नु हो र यस्ता घटनाले निरन्तरता पाई राख्नु हो ।
तसर्थ यिनै विषयहरूलाई हृदयङ्गत गर्दै महिला माथि हुने बलात्कार, यातना, हिंसा , विभेद र दुरव्यवहारको अन्त्य पनि गर्दै सभ्य समाजको निर्माण गर्न हामी व्यक्ती, परिवार, समाज, जात, धर्म, लिंग, क्षेत्र, राजनितिक दल र शिंगो राष्ट्र नै लागि पर्नु पर्ने अाजको अावस्यकता छ । त्यसैले यस अभियान सफल पार्न म या अाफूबाट सुरू गर्ने बानी बसालौं ।
लेखक प्रवासी नेपाली एकता मञ्चका ओमनका कार्यदल सदस्य हुनुहुन्छ ।