निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट तयार भएको छ ।
डीएनए रिपोर्ट शुक्रबार आफूकहाँ आइपुगेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कुवेर कठायतले जानकारी दिए । यद्यपी सो रिपोर्टमा के छ भन्ने खोलिसकेपछि थाहा हुने बताउँदै भोलि सोबारे सबैको रोहबरमा खोलिने बताए ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा भदौ २८ मा निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गरिएको थियो ।
निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ३ जनाको डीएनए रिपोर्ट तयार
Previous Articleरुप्से दैनिक ! असोज १३, २०७५
Next Article बगदादमा एक नायिकाको गोली हानी हत्या