प्रदेश ७ को प्रदेशसभाले प्रदेशको नाम सुदूरपश्चिम पास गरेको छ भने राजधानी कैलालीको गोदावारी नगरपालिका टुंग्याएको छ ।
प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावारी नगरपालिका रहने गरी संसदमा पेश भएको प्रस्तावमाथि शुक्रबार दिउँसोबाट छलफल शुरु भएको हो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाको विरोधकाबीच शुक्रबारको प्रदेशसभाको बैठकमा छलफल सुरु भएको हो । यसअधि प्रदेशसभामा प्रदेशको राजधानी सुदूरपश्चिम र राजधानी गोदावरी रहने प्रस्ताव पेस भएको थियो ।
कांग्रेस र राजपाले उक्त प्रस्तावमा विरोध जनाउँदै आजको छलफल बहिष्कार गरेका छन् ।
नाम र राजधानीका विषयमा छलफल गर्न शुक्रबार विहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेस र राजपाको विरोध र रोस्टम घेराउका कारण १ बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबारै दोस्रो पटक बसेको बैठकमा उक्त छलफल सुरु भएको हो ।