उच्च पहाडी जिल्ला म्याग्दीमा पर्यटकीय सम्भावना प्रचुर मात्रामा रहेको छ । जिल्लाको कृषि, पर्यटन, जलविद्युत र पशुपालनलाई जोड दिन सकेमा समृद्ध बनाउन सकिने प्रशस्तै सम्भावनाहरु रहेका छन् । म्याग्दी जिल्लाको अधिकांश ठाउँबाट दन्तेलहर जस्तै सेताम्मे हिमालहरु देख्न सकिन्छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिन्छ । विश्वको सातौं अग्लो ८ हजार १६७ मिटरको चुचुरो धौलागिरि हिमाल म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिकाको मुदीमा पर्दछ । म्याग्दी जिल्लामा धौलागिरि हिमालसहित अन्नपूर्ण, निलगिरी, मानापाथी, गणेश, गूर्जालगायत थुप्रै हिमश्रृङ्खलाहरु छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गतवर्ष मात्रै म्याग्दी जिल्लामा भारतसहित तेस्रो मुलुकबाट झण्डै ७५ हजारको हाराहारीमा पर्यटकहरुले जिल्लाको भ्रमण गरेका छन् । प्रसिद्ध मन्दिर मुक्तिनाथ मन्दिर प्रवेशद्वारको रुपमा बेनीबजार रहेको छ । २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा घोषणा गरिएको छ । म्याग्दीको पछिल्लो पर्यटनलगायत विविध विषयका सन्दर्भमा हालै सम्पन्न अधिवेशनबाट म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको नेतृत्वमा आउनुभएका होटल तथा पर्यटन व्यवसायी बाबुराम आचार्यसँग रुप्से दैनिकका लागि अमृत बास्कुने र कृष्ण जिसीले गरेको कुराकानीको सम्पादित अंशः
सर्वप्रथम यहाँलाई हार्दिक बधाई तथा स्वागत छ रुप्सेमा ।
धन्यवाद, तपाइँलगायत सम्पूर्ण रुप्से युनिटलाई । जुन खालको म्याग्दीको पछिल्लो पर्यटन गतिविधिका बारेमा कुरा राख्ने अवसर दिनुभएकोमा ।
अब तपाइँ भर्खरै नेतृत्वमा आउनुभएको छ, आगामी दिनमा म्याग्दीका होटल व्यवसायलाई कसरी अगाडि बढाउने योजना बनाउनुभएको छ ?
अब अमृत जी, खास कुरा के छ भने व्यवसायमा हामी होटल व्यवसाय मात्र नभएर सबै प्रकारका व्यवसायमा नै एउटा खालको व्यवस्थित गर्नुपर्ने देखिन्छ । पार्टीकुलरली होटल व्यवसायको कुरा गर्दाखेरी हामी लगानी गर्छौं तर हाम्रो व्यवसायलाई कति मर्यादित बनाउनुपर्छ, होटल व्यवसायसँग क–कसको कसरी यसको इमेज जोडिएको हुन्छ, इज्जत जोडिएको हुन्छ, जिल्लाकै इज्जत जोडिएको हुन्छ होटल व्वयसायहरुसँग । तसर्थ, आफूले व्यवसाय गर्दा आफूलाई र व्यवसायलाई नै मर्यादित ढङ्गले लैजानुपर्छ, राज्यको नियम र परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्नुपर्दछ भन्ने होटल व्यवसायी संघ म्याग्दीको आफ्नो मूल धारणा हो र त्यही अनुरुप नै हामीले व्यवसायीहरुलाई अगाडि बढाउने प्रयत्न गरिरहेका छौं र गर्नेछौं।
होटल व्यवसायको नेतृत्वमा हजुर आउँदै गर्दा यहाँको समग्र क्षेत्र तथा बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड यी दुवै क्षेत्र पर्यटकीय क्षेत्र हुन् । यी सबै क्षेत्रका व्यवसायीहरु होटल व्यवसायी संघमा आबद्ध छन् त ?
मैले अघि हजुरले गर्नुभएको प्रश्न योजना के छ भन्दै गर्दाखेरी अझ त्यसमा थोरै थप्न के मन लागिरहेको छ भने होटल व्यवसायीलाई हामीले थोरै अवार्डनेसको कार्यक्रमहरु गर्नुपर्ने आवश्यकता छ । व्यवसायलाई कसरी सञ्चालन गर्ने ? त्यसको लेखाजोखा कसरी राख्ने ? कम्तीमा पाहुनाहरुलाई सत्कार कसरी गर्ने ? आफ्नो खानाका परिकारहरु कसरी बनाएर खुवाउने भन्ने न्युनतम सिप पनि नभएका व्यवसायीहरु हाम्रो बिचमा अहिले काम गर्नुहुन्छ । काम गरौं नत भनेर आउनु भएको छ तर होटल व्यवसायका मूल्यमान्यता थाहा नभएकाहरुलाई हामी अब अवार्डनेसका कार्यक्रमहरु होटल व्यवसायी संघले गर्छ । र उहाँहरुलाई केही ट्रेनिङहरु उहाँकै होटलसम्म पुगेर एउटा दक्ष टिम बनाएर सिकाउने काम पनि गर्छौं भने पाहुनासँग गर्ने क्रियाकलाप, पाहुनासँग गर्ने व्यवहार यावत् कुराहरुमा हामी त्यहीँबाट केन्द्रित हुनेछौं । अर्को राख्नुभएको छ हजुरले– यो होटल व्यवसायभित्र जिल्लाभरीका होटल व्यवसायी आबद्ध छन् कि छैनन् ? भन्ने विषयमा हामी विगतको कमिटीले पनि यो ढङ्गको एक्सरसाइज गरेको थियो । म्याग्दी जिल्लाभित्र रहेका समग्र होटल व्यवसायीहरु अहिले होटल व्यवसायी संघ म्याग्दीभित्र आइसक्नुभएको त छैन, केही साथीहरु आइसक्नुभएको छ । केहीलाई हामीले विश्वासमा लिएर होटल व्यवसायी संघ भनेको कम्तीमा पनि होटल व्यवसायीहरुकै हकहितमा काम गर्ने संस्था भएको हुनाले हजुरहरु यो सङ्गठनभित्र आउनुपर्छ, हामी चाहिँ सङ्गठित भएर होटल व्यवसायलाई अझै मर्यादित बनाउनुपर्छ भन्ने ढङ्गले उहाँहरुलाई कन्भिन्स गरेर हामी यो म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको छाता सङ्गठनभित्र ल्याएर हामीले सदस्य बनाउने प्रण गर्छौं र त्यही ढङ्गले होमवर्क गरेर अगाडि बढ्छौं ।
होटल व्यवसाय भनेको पर्यटन व्यवसाय पनि हो र म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी भ्रमण वर्ष–२०७५ मनाइरहँदा हाम्रो क्षेत्रबाट के के गरिँदैछ ?
यो म्याग्दी जिल्ला र समग्र म्याग्दीको सदरमुकाम बेनीका होटलहरुको आजसम्म यहाँको जुन खालको एचिभमेन्ट, पाहुनाहरु हामीले पाइरहेका छौं, ती पाहुनाहरु सबै एउटा खालको ट्रान्जिट प्वाइन्ट, एउटा बाध्यताको बसाई यहाँनेर भएको छ । किनभने यहाँभन्दा माथि मुक्तिनाथ पुग्दा अलि लामो दुरी, समय लाग्ने भएको हुनाले उहाँहरु बेनीमा बस्नुपर्छ भन्नुभन्दा पनि बेनीको बसाई, होटलहरु केही राम्रा छन्, बसौं भन्ने ढङ्गले बस्नुभएको छ । हाम्रो अब कम्तीमा पनि योजना के हुनुपर्छ, भने म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो इनिसियसनमा म्याग्दी भ्रमण वर्ष–२०७५ मनाइरहँदा हामीहरु पनि, म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको त्यहाँनेर ऐक्यबद्धता छ । हामी पनि त्यहाँको सहयोगी संस्था नै छौं, हामी पनि सहआयोजक हौं । हामीले पक्कै पनि त्यो आयोजनालाई मूर्त रुप दिनका एउटा योजना बनाउनुपर्छ । पक्कै पनि म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले यो २०७५ भित्र अहिलेको नेतृत्वले जिल्लामा, जस्तो कि हामीले केही आयोजनाहरु गर्ने योजना बनाएका छौं । अहिले भर्खरै हामीले म आफू कल्पना गर्दैछु, यो गलेश्वरबाट सुरु गरेर गलेश्वर–झिँ–पात्लेखेत हुँदै टोड्के पु¥याएर टोड्केबाट पूर्णगाउँ–कुहुँ हुँदै तातोपानीसम्म साईकल यात्राको प्रतिसर््पर्धा गराउने कि भन्ने सोचमा छौं हामी । यहीँ पर्यटनलाई नै टेवा पुगोस्, त्यही क्षेत्रको समृद्धिलाई नै टेवा पुगोस् भन्ने उद्देश्यले त्यही अनुरुपको योजना बनाएर अघि बढ्ने तयारीमा छौं । माउन्टेन बाइक रेस गर्ने योजना पनि छ ।
सरकारले सिन्डिकेट अन्त्य गर्ने भनेर अगाडि बढ्यो र एक हिसाबले सिन्डिकेट अन्त्य पनि भयो । त्यो सिन्डिकेट अन्त्य हुँदै गर्दा म्याग्दी जिल्लाको यो बसपार्क एरियाका होटल व्यवसायीहरुलाई चाहिँ के कस्तो असर परेको छ या छैन ?
अहिले र तत्कालीन अवस्थालाई नजरअन्दाज गर्दा अहिले असर परेजस्तो देखिन्छ । तथापि यो सिन्डिकेट यातायात व्यवसायीले हामीले सिन्डिकेट लगाएका छैनौं भन्दै गर्ने र नेपाल सरकारले सिन्डिकेट भयो भन्दै गर्ने जस्तो यो परिस्थिति छ, केही सिन्डिकेट जस्तै पनि थियो पहिला । त्यो सिन्डिकेट तोडिएपछि पक्कै पनि पर्यटकहरुको बसाई बेनीमा घटेको छ तैपनि हामी के आशावादी छौं भने त्यसको म्यासेज नेपालभर पुग्यो भने निर्बाध हामी गन्तव्यमा पुग्न पाउँछौं, हामी आफ्नै गाडी लिएर जान्छौं र हाम्रो च्वाइसको सवारीसाधनमा जान पाउँछौं भन्ने खालको म्यासेज गयो भने अहिले ५ हजारको सङ्ख्यामा अथवा १० हजारको सङ्ख्यामा आउनुभएको छ भने त्यो पचासौं हजारको सङ्ख्यामा पर्यटकहरु बढ्ने हुँदा फेरी बसाई हुने कुरामा म विश्वस्त छु र हाम्रो सङ्गठन विश्वस्त छ । किमार्थ कुनै पनि क्षेत्रमा सिन्डिकेट राम्रो होइन, सिन्डिकेट लगाउनुहुँदैन किनभने अहिले हरियो प्लेटका पनि केही कुराहरु छन् । हरियो प्लेटमा पर्यटक मात्र भनेका गाडीहरुमा त्यसमा क्याटेगोराइज गराएर यातायात विभाग अथवा यातायात मन्त्रालयले के राखेको छ भने पर्यटक भन्नाले विदेशी पाहुना मात्रै भन्नेचाहीँ एउटा खालको कुराले गर्दा नेपाली आफूले त्यो सामथ्र्य राख्दा–राख्दै पनि त्यसमा यात्रा गर्न पाउने अधिकार हुँदाहुँदै पनि उहाँहरु पर्यटकमा नगनिएकाले विदेशीलाई मात्र पर्यटक भन्ने अर्थ लगाइएकोले उहाँहरु हरियो प्लेटबाट बिचरा गहभरी आँशु झारेर जानुपर्ने गन्तव्यमा नपुगेर बिचैबाट झर्नुपर्ने अवस्थाको सामना उहाँहरुले गर्नुपरेको थियो । त्यो अहिले न्युनीकरण भएको छ । त्यो गर्नुहुँदैन । उहाँहरु जुन पनि राज्यले दिएको नियमसङ्गत तरिकाले जान पाउने व्यवस्था हुनुपर्छ, त्यो भयो भने पर्यटकको सङ्ख्या अवश्य बढ्नेछ र पर्यटकको सङ्ख्या बढ्दै गर्दा यहाँको बसाई पनि लम्बिने छ भन्ने कुरामा हामी विश्वस्त छौं । यही ढङ्गले लाग्नुपर्छ भन्ने हाम्रो बुझाई छ ।
अब हाम्रो यहाँ पर्यटन, जस्तो कि दशैंतिहार विदाको बीच छ, यसमा आन्तरिक पर्यटकहरु बढ्ने र विदेशी पर्यटकहरुको पनि चाप बढ्ने समय हो । र यही समयमा तपाइँ नेतृत्वमा आउनुभएको कारणले गर्दा व्यावसायिक विकासको लागि केके छन् योजनाहरु ?
यसमा नियमित जसो हाम्रो के छ भने यतातिर बेनीको माथिल्लो पोखरादेखि यताको सिजन भनेको फागुनदेखि जेठसम्मको एउटा सिजन रहन्छ, यदि छिटो पानी पर्ने भएन भने असारसम्म पनि जाने गर्छ कहिलेकाहीँ । हैन भने जेठसम्म हामी त्यो काम गर्छौं यतातिर अहिलेको सिजन भनेको असोज र कार्तिक महिना, विशेष गरेर असोजमा अलि बढी चाप, कार्तिकमा अलि कम चाप गरेर दुई महिना हो । तर अहिले परिस्थिति कस्तो बनेको छ भने विभिन्न समस्याहरु यतिखेर हामीले सामना गर्नु परिरहेको छ । जस्तो पोखरादेखि बेनीसम्मको बाटो निर्माण हुँदैछ, त्यो निर्माणको कारणले गर्दा त्यहाँनेर धेरै भनौं न त्यहाँ अलिकति व्यवधान छ, समयमा उहाँहरु त्यहाँबाट निस्कन सक्नुहुन्न । फेरि बेनीदेखि मुस्ताङसम्मको बाटोमा अनेकौं अप्टिकलहरु पार गरेर जानुपर्ने हुन्छ । ती परिस्थितिहरुको सामना उहाँहरुले गर्नुपर्नेछ । सबभन्दा दुःखको कुरा, सिजन हामी भन्दैछौं तर सिजनमा अहिले कसरी भाडा तिर्ने, कसरी व्यवसायलाई टिकाउने भन्ने स्थितिमा होटल व्यवसायी, समग्र होटल व्यवसायी पुगेका छन् । पर्यटन यदि धर्मराउने हो, पर्यटनमा विकास हुन नसक्ने हो, पर्यटन व्यवसायबाट हामीले कमाउन नसक्ने हो भने पर्यटनसँग सम्बन्धित धेरै क्षेत्रमा त्यसको असर पर्न जान्छ भन्नेचाहीँ सम्बन्धित निकायले बेलैमा हेक्का राखेर अहिले हामीले पटक–पटक व्यक्तिगत रुपमा होस् या संस्थागत रुपमा होस्, उठाउँदै आएको कुरा के हो भने बेनीदेखि मुक्तिनाथ, जोमसोमसम्मको जुन बाटो छ, त्यो बाटोमा अहिले ठेकेदारको मात्र हितमा हुनेगरी, कुल मिलाएर ८ घन्टा, दिनको समय जुन १२ घन्टा हुन्छ, त्यसमा ८ घन्टा ठेकेदारलाई काम गर्न दिइएको छ । जसका कारण यात्रुहरु डाइरेक्ट पोखरालाई बसाई बनाएर पोखरैबाट माथि जानुपर्ने स्थितिको सामना गर्नु परिरहेको छ । ट्राभल एजेन्सीहरुले पनि त्यही खालको लबिङ गर्नुभएको छ । किनभने बेनीमा बस्दा चारै बजे निस्केर यहाँबाट जानुपर्छ होइन भने तपाइँ त्यो बाटो क्रस गर्न पाउनुहुन्न । तपाइँहरु बेनीमा बसेर हामीलाई कामै छैन, ४ बजे बिहान सबेरै सकिन्न, कि बिहानको ११ बजे निस्केर हिँड्नुपर्छ भनेपछि बेनीबाट ११ बजे हिँड्नु पोखरैबाट बिहान ८–९ बजे जाऔं, बेनी आएर लन्च गरेर ११ बजे निस्किने भएको हुनाले बेनीको बसाई घटेको छ अहिले । अघिल्ला वर्षहरुमा जसरी ट्राभल एजेन्सीका बुकिङहरु आउने गर्थे, त्यो पनि अहिलेचाहीँ घटेको छ । तपाइँहरु किन आउनुहुन्न, बेनीमा किन बुकिङ गर्नुहुन्न ? किन छोड्नुभयो ? भन्दा उहाँहरुले भन्ने उत्तर के छ भने तपाइँहरुकोबाट त्यहाँबाट कि बिहान ४ बजे उठेर हिँड्नुप¥यो कि चाहिँ हामी ११ बजे हिँड्नुप¥यो । त्यसकारण यो जुन ४÷४ घन्टा यो डे टाइममा बन्द हुन्छ, त्यसलाई तपाइँहरुले ब्रेक डाउन गर्न सक्नुभएन भने हामीले पोखरालाई बसाई बनाउनुपर्छ भन्ने खालको कुरा पनि आएको हुनाले हामीचाहीँ राज्यको अवधारणा अनुसार एकातिर स्थानीय तह गठन हुँदै गर्दा लोकल मार्केट पनि घट्ने र यता पर्यटक कुरेर ६÷६ महिना कुरेर २÷३ महिना, २÷३ महिना हामीले आयआर्जन गर्ने बेलामा पनि यो खालको परिस्थिति छ । सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालयदेखि लिएर सुरक्षा निकायले कम्तीमा पनि यो समितिले के गर्नुप¥यो भने पोखरादेखि बेनीकोमा चाहिँ भिर काट्नका लागि सडक निर्माण गर्नका लागि एक डेढ घन्टा रोके हुने, बेनीदेखि घाँससम्मको बाटोमा चाहिँ ४ घन्टा रोक्नुपर्ने कारण के छ ? यसलाई छानबिन गरेर कम्तीमा पनि पोखराबाट बेनी आउँदा जसरी एक डेढ घन्टा रोकिन्छ, त्यसरी नै यताको पनि म्याक्सिमममा डेढ घन्टासम्मको बाटो रोकाइले के हुन्छ भने, पाहुनाहरु केही समय अलमलिएर फेरि जाने र त्यो नेगेटिभ म्यासेज नजाने भएको हुनाले एक डेढ घन्टाभन्दा रोक्नुहुँदैन । यसले म्याग्दीको पर्यटनलाई ध्वस्त पार्ने भयो भन्न चाहन्छु । यसका लागि हामी होटल व्यवसायीले डेलिगेसन पनि जान्छौं अब, हामी निवेदन पनि लिएर जान्छौं र हामीले सम्बन्धित निकायलाई मौखिक जानकारी पनि गराएका छौं र सबै पत्रकारहरुले पनि अबदेखि के हो भने बन्दचाहिँ एक डेढ घन्टाको बन्दलाई आफ्नो मिडियामा नल्याइदिएर यो नियमित रुपमा खुल्ने बन्द हुने भैरहन्छ भनेर सहजै रुपमा यातायात सुचारु हुन्छ भनिदिनुभयो भने हामी आभारी हुने थियौं । किनभने मान्छे बन्द भन्दाबित्तिकै आत्तिने, यतिघन्टा बन्द छ भन्दा आत्तिने र मान्छेहरुले आफ्नो बसाइलाई एक ठाउँबाट अर्को ठाउँमै पु¥याउने भएको हुनाले यसलाई हजुरहरुले पनि त्यसरी सम्प्रेषण गर्दिनुस् भन्ने आग्रह गर्न चाहन्छु ।
अहिले मुख्यमन्त्रीले हालै एउटा कार्यक्रममा भन्नुभएको थियो, थाइल्यान्डमा जस्तै नेपालमा र यो गण्डकी प्रदेशमा पनि ‘रेडलाइट एरिया’ तोक्नुपर्छ भन्ने आशयको विचार व्यक्त गर्नुृभएको थियो । त्यो बारेमा हजुरको विचार के छ ?
यो विषय कस्तो भने अलि सेन्सेभिट कुरा हो । मुख्यमन्त्रीज्यूले राम्रैसँग अध्ययन गरेर भन्नुभए होला । हाम्रो यो देशको लागि नयाँ प्राक्टिस हुन सक्दैन । विश्वका कयौं देशहरुमा त्यो खालको प्रचलन छ । हाम्रो यो अहिले बलात्कार र हत्या हिंसाका जति नै घटनाहरु पनि घटिरहेका छन्, त्यसलाई न्युनीकरण गर्न पनि त्यसले टेवा पु¥याउन सक्छ र जुन खालको एउटा व्यवसाय, राज्यलाई पनि ट्याक्स जान सक्छ त्यसले, त्यसलाई व्यावसायिक रुपमा व्यवस्थित गर्न सकियो भने राम्रो हुने थियो । गल्ती गर्ने मान्छेले गरिरहेको छ, लुकिछिपी भैरहेका छन् यस्ता कुराहरु, जसले राज्यलाई ट्याक्स पनि जाँदैन र घटनाहरु अझै घट्ने खालको परिस्थिति छ । पक्कै पनि मुख्यमन्त्रीज्यूले यसलाई राम्रैसँग विचार गरेरै भन्नुभएको होला, यसलाई कम्तीमा पनि त्यो खालको व्यवस्थित गर्दा त्यति अनुपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन । एक हिसाबले भन्ने हो भने यो अन्य देशको पनि प्राक्टिसहरु छन् । हामीले पनि मुख्य सिटीहरुमा त्यसलाई व्यवस्थित गर्न सक्यौं भने राज्यलाई पनि केही कर जाने, अब यो खालको उच्छृङ्खल गतिविधि होटलहरुमा पनि नहुने, होटल व्यवसायलाई पनि त्योबाट हामी अप्ठ्रोमा पर्नुपर्ने स्थिति कहिले–कहिले आउँछ, किनभने मान्छेहरुले लिएर आउने गर्छन्, हामीले त्यसलाई राम्रोसँग फाइन्ड आउट गर्न पनि गाह्रो भैरहेको हुन्छ । त्यसो भयो भने सम्बन्धित मान्छेहरु त्यही ठाउँमा जाने र आफ्नो क्रियाकलाप गरेर फर्कने हुन्छ । त्यसो गर्दा राज्यलाई पनि ट्याक्स जान्छ, सम्बन्धित त्यो पेसा लुकिछिपि गर्नेहरुले पनि खुलेरै त्यो पेसा गर्छन् । त्यो अनुपयुक्त हुन्छ जस्तो लाग्दैन मेरो व्यक्तिगत विचारमा ।
अन्त्यमा, तपाइँलाई केही भन्नु केही छ ? हामीले सोध्न छुटाएका र तपाइँलाई भन्न मन लागेको कुराहरु ?
म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको मैले नेतृत्व सम्हाल्दै गर्दा रुप्सेले जुन खालको अवसर प्रदान ग¥यो, त्यसको लागि त हजुरहरुलाई मैले धन्यवाद भन्नुपर्छ । मैले म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको पद सम्हालिरहँदा अध्यक्षको नेतृत्व गरिरहँदा पक्कै पनि पर्यटन क्षेत्रमा आफूले सक्ने जति मैले र मेरो टिमले काम गर्नेछ, जसमा मैले तपाइँलाई भनें जुनचाहीँ माउन्टेन बाइकको एउटा कार्यक्रम गर्नेछौं यो अवधि भरीमा । त्यसको लागि के कसरी हुन सक्छ भनेर छिट्टै नै अध्ययन गर्दैछौं र सिलसिलाबद्ध ढङ्गले हामीले सक्ने कार्यक्रमहरु हजुरहरु सबैको सहयोग लिएर पर्यटनसम्बन्धी गतिविधि गर्ने विभिन्न निकायहरुको सहयोग लिएर हामीले कार्यक्रम आयोजना गर्ने योजना बनाएका छौं । यसमा सबै क्षेत्रको सहयोग रहनेछ र म्याग्दी होटल व्यवसायी संघलाई हिँजोको भन्दा मर्यादित, व्यवस्थित बनाउन हाम्रो अहिलेको नेतृत्व, हाम्रो टिमले पक्कै पनि राम्रो कार्य गर्नेछ भन्ने यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । सम्पूर्ण होटल व्यवसायीहरुलाई कम्तीमा पनि एउटा आफ्नो सङ्गठन हो, त्यसको सदस्यता लिनुपर्छ, त्यहाँभित्र रहेर, त्यसको नियम परिधिभित्र रहेर काम गर्नुपर्छ भन्ने खालको सबैमा एउटा खालको म्यासेज पु¥याइदिनुहुन सम्बन्धित सबैलाई होटल व्यवसायीहरुलाई म आग्रह गर्न चाहन्छु । तपाइँहरु व्यवसाय गर्दा अलि मर्यादित भएर गर्नुस्, व्यवसाय गर्दैगर्दा आफ्नो मर्यादा पनि बिर्सनुहुँदैन । त्यसले आफैंलाई अप्ठ्यारो पार्न सक्छ, अन्य क्षेत्रलाई पनि अप्ठ्यारो पार्न सक्छ, त्यसैले मर्यादित भएर व्यवसाय चलाऔं भन्न चाहन्छु । अन्त्यमा, यहाँहरुलाई फेरी पनि विशेष धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु ।