संविधानसभाबाट २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते मनाइने संविधान दिवस आज पनि विविध कार्यक्रमका साथ मनाइदै छ । नेपाली जनताहरुले वि.सं. २००३ सालदेखिको संविधासभाबाट संविधान प्राप्त गर्ने सपना साकार असोज ३ गते नै भएको थियो । तत्कालिन अवस्थामा नेपाली काँग्रेसले माग गरेको संविधानसभाबाट संविधान बनाउने जुन आशा र भरोसा लिएको थियो त्यो आसा ७९ वर्ष पछि आज भन्दा तीन वर्ष अगाडी मात्र पुरा भएको थियो । २००३ सालमा नेपाली काँग्रेसले संविधानसभाबाट संविधानको माग गरेको भएपनि त्यस पछि उसले आफ्नो एजेण्डालाई त्याग्दै गयो । पछि आएर प्रजातन्त्र स्थापना पछि आएको नेपालको संविधान २०४७ मा तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीले निश्चित केही बुँदामा असहमती जनाउँदै संविधानको समर्थन गरे । त्यही बुँदालाई टेक्दै तत्कालिन नेकपा माओवादीले शसस्त्र युद्धको थालनी ग¥यो र २०६२÷०६३ को जनआन्दोलन पछिको माहौलले संविधान जारी हुने मौका पाएको थियो ।
२०६४ सालमा भएको पहिलो निर्वाचनमा तत्कालिन नेकपा माओवादी पहिलो पार्टी बन्यो भने नेपाली कांग्रेस दोश्रो र नेकपा एमाले तेश्रो पार्टी बन्यो । यस्तो अवस्थामा माओवादीले नेतृत्व गरेको सरकार ९ महिनामा ढल्यो अनि माधव नेपाल, झलनाथ खनालको नेतृत्वमा पनि सरकार बन्यो तर जुन संविधान निर्माणको म्याण्डेट थियो त्यो भने पुरा हुन सकेन । त्यस पछि तत्कालिन माओवादीका बाबुराम भट्टराई नेतृत्वमा सरकार बन्यो । बाबुरामको नेतृत्वको सरकारले संविधान निर्माण गर्नुको साटो संविधानसभा बिघटन गरेर छाड्यो । त्यस पछि सर्वोच्च अदालतका प्रधानन्यायाधिश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरीषद् गठन भयो अनि त्यही सरकारले २०७० सालमा दोश्रो पटक संविधानसभाको निर्वाचन भयो । त्यस पछि नेपाली काँग्रेस नेतृत्वको सरकारले संविधान जारी ग¥यो । त्यसका लागि नेकपा एमाले र माओवादीको पनि निकै दरीलो साथ रह्यो ।
आज संविधान जारी भएको तेश्रो वर्षगाँठ मनाउँदै गर्दा संविधानले दिएका अधिकार र नागरिकको कर्तव्यलाई पनि पालना गर्दै अगाडी बढ्ने अवस्था हो । किन भने कहिल्यै पनि बाह्य र भित्रि जो संविधान चाहदैन थिए । उनीहरुको निकै कडा प्रहारलाई थेग्दै अगाडी बढेको संविधानसभाले नेपाली जनताको पक्षमा मत दियो र संविधानसभाबाट असोज ३ गते संविधान जारी गरेर नेपाललाई संघिय राज्यका रुपमा रुपान्तरण मात्र गरेन विश्वमै नयाा इतिहास भएको नेपालका लागि थप नयाँ कदम नयाँ संविधान दियो । विभिन्न आरोह अवरोधहरु पार गर्दै संविधानसभाबाट जारी भएको संविधानको मर्म अनुसार देश विकास अनि जनताको पक्षमा काम गर्नु पर्ने अहिलेको समयमा विरोधमै अल्झिएर बसेका राजनैतिक दलहरु पनि एक ढिक्का भएर देश विकासका लागि अगाडी बढ्ने काम गरुन संविधान दिवसको शुभकामना ।
Previous Articleनमुना बिश्वकर्मा समाज कुवेतले नजिन बि. क बचाउ अभियान चलाउने
Next Article भाइरल ज्वरो