विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई आधार मान्ने हो भने विश्वमा वर्षेनि ६ लाख ५० हजार भन्दा धेरै मानिसहरुले आत्महत्या गर्दछन् । नेपालमा प्रत्येक २ घण्टामा एक जनाले आत्महत्या गर्दछन् भने वार्षिक ७ हजारले आत्महत्या गर्दछन् । विश्वमा आत्महत्या गर्नेहरुको दर हेर्दा नेपाल १७ औं स्थानमा पर्दछ । मानिसको मष्तिस्कमा सँधै राम्रा कुराहरु मात्र सृजना हुँदैनन् । सकारात्मक मात्र नभै नकारात्मक कुराहरु पनि निकै उब्जीने मानव मस्तिष्कमा आत्महत्या गर्ने भन्ने प्रकारको कुराहरु पनि पटक पटक उब्जीने गरे पनि त्यो बिचारलाई कुन समयको अवस्थाले कार्यान्वयनको पाटोमा लैजान्छ र मानिसले आफ्नो जीवनलिला समाप्त गर्दछ भन्ने हो । सामान्यतया मानिसहरु एकोहोरो हुने अनि एकान्तपनमा बढि बस्न चाहन थाल्छ भने त्यस्तो मानिसले आत्महत्या गर्ने सम्भावना निकै बढी हुन्छ । त्यसैले सके सम्म मानिसहरुलाई एकान्तमा छाड्ने र एक्लोपनमा भुल्नबाट टाढा राख्न पर्छ ।
गत वर्ष चीनमा एक गर्भवतीले अस्पतालबाट हामफालेर आत्महत्या गरिन् । उनले आत्महत्या गर्नुको कारण अस्पतालमा तिर्ने पैसा नपुग्ने उनको अनुमान र अस्पतालमा धेरै खर्च लाग्यो भन्ने उनको अनुमानले काम गरेको थियो । तर उनको सोचाइ भने फरक थियो । उनको डेलिभरी नर्मल गर्न नसक्ने अवस्था थियो । अप्रेसन गर्न महिलाका श्रीमानले अनुमती दिएनन त्यसैले उनले आत्महत्या गरिन । उनले केही बेर समय लिइनन् अथवा केही समय मात्रै भए पनि आफ्नो दिमागलाई ठेगान लगाउन सकिनन् भन्ने हो । उनले सोचे जस्तै नेपालमा पनि धेरै छन् । अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गर्नेहरुको संख्या पनि नभएको होइन नेपालमा । केही चर्चामा आए मिडियामा आए केही आएनन् भन्ने सवाल हो तर मिडियामा आए वा आएनन् भन्ने सवाल भन्दा पनि आत्महत्या गर्नेहरुको संख्या नेपालमा दैनिक सरदर १३ हाराहारी रहेको तथ्याङ्क नेपाल प्रहरी श्रोतले देखाएको हेर्दा नै यो भयावह हो भन्ने पक्का छ ।
आजको दिनलाई विश्वभर आत्महत्या रोकथाम दिवसको रुपमा मनाइन्छ । आत्महत्या रोकथाम दिवस मनाइ रहँदा निश्चित केही कुराहरु तर्फ भने ध्यान दिएको खण्डमा निकै राम्रो हुन्छ । किन भने कुनै पनि समयमा मानिसले सोच्ने गलत कुरा र उसको गलत प्रवृत्तिलाई निरुत्साहीत गर्नका लागि नै ‘मोटीभेट’ गर्नु नै पहिलो कुरा हो । मानिसको दिमागबाट निश्कने गलत बिचारलाई निरुत्साहीत गर्नु नै आत्महत्या रोकथामको उपाय हो । हाम्रो नेपालको मात्र सन्दर्भ हेर्ने हो भने पनि आत्महत्या विरुद्ध जागरण गराएको खण्डमा दैनिक १३ जनालाई बचाउन सकिन्छ । त्यसैले केही सेकेण्ड मात्र मष्तिस्कलाई कन्ट्रोल गर्न सकेको खण्डमा अकालमा ज्यान गुमाउने प्रसंगलाई रोक्न सकिन्छ ।
Previous Articleरुप्से दैनिक ! भाद्र २५, २०७५
Next Article बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरु(फोटोसहित)