नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल प्रचण्डले भारत भ्रमण छोट्याएका छन् ।
पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि उनी पूर्वनिर्धारित कार्यतालिकाको तीन दिन अगावै स्वदेश फर्किने भएका छन् । प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् । उनी २६ गते फर्कने तय भएको थियो ।
तर, प्रचण्ड र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलपछि २४ र २५ गते सचिवालय र २६ र २७ गते स्थायी कमिटी बैठक बोलाइएको छ । प्रधामन्त्रीकाे अाग्रहमा प्रचण्डले भारत भ्रमणकाे कार्यतालिका छाेट्टिएकाे हाे ।
यो बैठकमा पार्टी एकताका साथै सरकारको कामकारबाहीको समिक्षा गर्ने एजेण्डा छ । बैठककै लागि प्रचण्डले भारत भ्रमण तीन दिनमा छोट्याएका छन् ।
उनी २३ गते नै स्वदेश फर्कने र २३ गते सचिवालय बैठक बस्ने नेताहरुको बताएका छन् ।