नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरु बिचको खेलकुद प्रतियोगिता(साग) आयोजना गर्दै छ । राष्ट्रिय खेलकुद परिषद्को अगुवाइमा हुने उक्त प्रतियोगिता सन २०१८ भित्रै हुन पर्ने भएपनि एक वर्ष ढिला गरी सन २०१९ मा आयोजना गर्नका लागि तयारी अगाडी बढाइ रहेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केसब विष्टले पोखरामा भएको एक कार्यक्रममा निर्धारीत समयमै साग आयोजना गर्नका लागि द्रुत गतिमा आफूहरुले तयारी अगाडी बढाइरहेको र एक दुई महिना अघी पछि हुन सक्ने बताई रहेको अवस्थामा केही संकोच भए पनि खेलकुद प्रतियोगिता हुनेमा भने खेलाडीहरु ढुक्का भएका छन् । सन २०१९ भित्र साग खेलकुद भएको खण्डमा नेपालले कस्तो प्रदर्शन गर्ला त भन्ने पनि छ तर खेलाडीको प्रदर्शन जस्तो भएपनि देशले आयोजना गर्ने खेलकुद प्रतियोगिता सार्न भने पक्कै पनि हुँदैन ।
सन २०१६ मा भारतको गुहाटीमा सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा ७ सय ८९ पदकका लागि प्रतिस्पर्धा भएको थियो । २ सय ३९ स्वर्ण २ सय ४० रजत र ३ सय १० कास्य पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य गरी ६० पदक जितेको थियो । २२ वटा खेल समावेस गरिएको उक्त प्रतियोगितामा भारतले १ सय ८८ स्वर्ण ९० रजत र ३० कास्य सहित पहिलो स्थान हासिल गरेको थियो भने नेपाल ८ देश सहभागि खेलकुद प्रतियोगितामा माल्दीप्स र भुटान भन्दा माथि अर्थात ६ नम्बरमा थियो । २०१९ मा काठमाडौंमा हुने साग प्रतियोगितामा २५ वटा खेल समावेस गर्ने सहमती भै सकेको छ । २६ वटा खेल हुँदा नेपालले कति पदक जित्ला त ? आम नागरिकको प्रश्न छ । भर्खरै सम्पन्न एसियाली खेलकुदमा लामो लर्को इण्डोनेसिया पुगेको भएपनि पदक एउटा मात्र लिएर आएका नेपाली टोलीले नेपालमै हुने खेलमा कति पदक दिलाउलान् त त्यो हेर्न भने साग सकिनै पर्छ ।
सन २०१९ को मार्च ९ देखि १८ सम्म काठमाडौंमा आयोजना हुने सागको लागि तयारी तिब्र भै रहेको छ भने नेपाली खेलाडीहरु पनि त्यसका लागि तयारीमा व्यस्त छन् । सागका लागि चासो सहित तयारी खेलकुद परिषद् र ओलम्पीक कमिटिले थालेको छ । त्यस्तै तयारीमै तल्लीन छन् नेपाली खेलाडी पनि । दक्षिण एसियाली खेलकुदको १२ संस्करण सकिदा सम्म भारतलाई जित्न कसैले सकेको छैन स्वर्ण पदक जित्नमा । नेपालले एक पटक काठमाडौमा भएको सागमा पदक तालिकामा दोश्रो स्थान हासिल गरेको थियो भने त्यो भन्दा सुधार अहिले सम्म भएकै छैन । नेपाल के अहिले आयोजना हुने साग खेलकुदमा दोश्रो स्थानमा पुग्ला त ? गत संस्करण हेर्ने हो र एसियन गेम्सको नतिजालाई नियाल्ने हो भने त आस भन्दा पनि निराशा मात्र छ तर पनि आशा गरौं खेलाडीले राम्रो प्रदर्शन गरुन अनि दोश्रो स्थामा पुगोस पदक तालिकामा शुभकामना ।
Previous Articleन्यूरोडमा ‘स्मार्ट पार्किङ बन्ने
Next Article रुप्से दैनिक ! भाद्र २१, २०७५