सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रोजगारी, अध्ययन, कुटनीति नियोगमा कार्यरत नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकार, संसद र निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको हो । न्यायाधीशद्वय मल्ल र भण्डारीको इजलासको पूर्णबाट आइतबार सार्वजनिक गरिएको छ । यद्पी फैसला भने २०७४ चैत ७ गते भएको थियो ।
सर्वोच्चको यो फैसला गैरआवासीय नेपालीको हकमा भने यो लागु हुनेछैन् । विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको माग गर्दै अधिवक्ता प्रेमचन्द्र राईले सर्वोच्चमा रिट दायर गरेका थिए ।