राष्ट्रपति विद्यादेवी भण्डारी विद्युतीय कारमा सवार हुने भएकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार उनका लागि बिवाइडी कम्पनीको विद्युतीय कार खरिद गरेको हो ।
चार्जिङ स्टेशनको शुल्कसहित कारको मूल्य करिब ६० लाख परेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयकाअनुसार यो गाडीले प्रदुषण नगर्ने र इन्धनको बचत हुने जनाएको छ ।
राष्ट्रपतिको यस्तो कदमबाट देशमा विद्युतीय सवारी बढ्ने विश्वास गरिएको छ । एक पटक फुल चार्ज गर्दा उक्त कार ४ सय किलोमिटर गुड्ने बताइएको छ । यो कार २ घन्टामा फुल चार्ज हुन्छ ।