नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तर कोरियाको भ्रमण स्थगित गरेका छन् । उनी कोरियाभन्दा पहिले भारतको भ्रमण गर्ने टुंगो लागेको छ ।
आगामी सेप्टेम्बर ९ तारिखमा आयोजना हुने उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन प्रचण्डलाई निम्तो आएको थियो । तर, सोही समयमा भारत भ्रमणको मिति निश्चित गरिएकाले उनी कोरिया जान नसक्ने भएका हुन् ।
उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीले प्रचण्डलाई भ्रमणको निम्तो दिएको थियो । उक्त निम्तो पत्र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ्ग हकले प्रचण्डलाई हस्तान्तरण गरेका थिए । यद्यपी अध्यक्ष प्रचण्डले फेरी समय मिलयाएर उत्तर कोरियाको भ्रमण गर्न सक्ने स्रोतले बतायो ।
Source: kathmandutoday