२६ साउन – डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने बताएका छन् । त्यसमा तोडमोड गरे १६ औं अनसन बस्ने उनले चेतावानी समेत दिएका छन् ।
प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका थिए । भेटमा चिकित्सा शिक्षाबारे छलफल भएको थियो । डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै विधेयक पास हुनु पर्ने बताएका छन् । नभए १६ औं अनसन बस्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिएका छन् । छलफलमा ओलीले केसीसँग भएको सहमतिको अक्षरस पालना हुने प्रतिवद्धतासमेत जनाए।