रोजगारीको सिलसिलामा भारतीय अबैधानिक बाटो हुँदै कुवेत आएकी म्याग्दी मंगला गाउपालिका ५ अर्मन धाराकी मन कुमारी सुनार १२ वर्ष देखि घर परिवार संग सम्पर्क बिहिन भएकी छिन । उनी बि.स २०६० सालमा भारतको बाटो हुँदै कुवेत आएकी हुन ।
घर परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले बिदेश आइ पैसा कमाएर घरपरिवार चलाउने सपना बोकि आएकी मन कुमारी एकाएक सम्पर्क बिहिन भइन घरमा साना छोरिहरु छोडेर बिदेशी कि मन कुमारी कुवेत गएको लगभग २ वर्ष सम्ममा कहिले काहीँ सम्पर्क हुने गरेको थियो । गाउँ घरमा उतिबेला मोबाइल र नेटवर्क पनि नभएकोले नियमित सम्पर्क हुन पनि धेरै कठिन भएको थियो । घरदेखी एक घन्टाको बाटो हिडेर मंगला गाउपालिकाको केन्द्र बाबियाचौर आएर फोनमा कुरा भएको उनको बाबा कमारा सुनारले बताएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतका सचिव शेर सुनारले जानकारी गराएका छन ।
लामो समय सम्म छोरीको कहि कतै बाट केही खबर पाउन नसके पछि बाबा आमा र छोरीहरु निकै चिन्तित भएका छन । लामो समय सम्म केही खबर नपाउदा बुढेसकालका बाबा, आमा र छोरिहरु रात दिन दस धारा आँसु झार्दै उनी कहिले घर सम्झी फर्किलिन भन्ने अाशामा बसेका छन । गाउकै केही चिनजान भएका कुवेतमा कार्यरत ब्यक्तीलाई समेत खोजिदिनको लागि बारम्बार अनुरोध गरेको भएपनि कसैले नभेटेको र नदेखिएको बताएका छन ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले पनि उनको खोजी गर्ने संयोजक प्रेम बहादुर बिश्वकर्माले बताए ।
१२ वर्ष देखि सम्पर्क बिहिन छोरिको अवस्था पत्ता लगाइ सकुशल घर फर्काइदिनको लागि उनको बाबा कमारा सुनारले नेपाली राजदुतावास कुवेत , कुवेतमा कृयाशिल विभिन्न संघ-सस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा सम्पुर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरेका छन ।
यदी तपाईहरुले मन कुमारी सुनारलाई चिन्नु हुन्छ र ऊनको बारेमा केही जानकारी छ भने नेपाली दुताबास वा म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतमा सम्पर्क गर्नु होला ।