इरुप्से ड्ट्कम । गोरखा जिल्ला बारपाक सुलिकोट – ४, बुबा इमान सिं तामाङ र आमा हरिमाया तामाङको कोख बाट माइली छोरी निरुता घलान तामाङ जन्मिएका थिए । समाजमा देखिएको सामाजिक बिचलन देखि लिएर बिकृती र बिसंगती ,अन्याय अनि अत्याचारको विरुद्ध निडर भएर न्याय र समानता अनि बर्गिय मुक्तिको निम्ति सुलिकोटमा , बारपाक क्षेत्रमा अनबरत रुपमा संघर्ष गर्दै , आफ्नो कार्यक्षमता प्रस्तुत गर्दै चट्टान झै उभ्याउन सफल बनिन ।
जन्मेर हुर्केको जन्म स्थानलाइ अबिकशित क्षेत्र मुक्त गर्न समाजमा दिएको योगदान अतुलनिय छ । शिक्षा र स्वास्थ ,स्थानिय बिकाशको निम्ति अहोरात्र खटिरहेको एक निडर नेत्रीत्वको रुपमा बारपाक सुलिकोट -४ मा राजनैतिक र समाजिक कार्यमा अग्रपंक्तिमा रहेर उनले ब्यबहारिक रुपमा प्रमाणित गरि सकेको छ । यो संसारमा मानव भएर जन्म लिए पछि मानबताको हुनुको नाताले समाजमा देखिएका अनेकौ समस्यालाइ आफ्नै समस्या सम्झेर दिन रात खट्ने यस धर्तिमा चाहे त्यो पुरुष होस या महिला बिरलै जन्मिन्छ ।
समाज एउटा ठूलो फुलबारी हो। फुलबारिमा कलकहलाइ रहेका रंगि चंगि फुलहरु बाट उनेको मालाको स्वरुप कति हेर्न लाएकको हुन्छ त्यसैले समाजको सौन्दर्य हेर्न लाएक को बनाउन ती फुलको मालालाइ सम्झेर समाज निर्माणका निम्ति जुट्न सकिन्छ यति बेला निरुता घलान तामाङ ले दिन खोजेको सन्देश यहि बस्तुगत परिस्थिती भित्र खोज्दा सबैले सहज र सरल ढंगले बुझ्न सहज हुन्छ ।उनको ब्यक्तिगत समस्या , मन भित्रको पीडा त बर्षायाममा पहाड ढलेर गएको विशाल पहिरो जस्तै होलान । एकान्तमा उनी उनको जिन्दगिको ब्यक्तिगत संघर्षमा अनि समस्यामा धेरै पटक हिक्का छोडेर रुदो होलिन तर उनको आँसु त्यति मात्रै हैन बर्ग र समुदायले पाएको कष्टकर जीवन प्रती निरन्तर बगि रहन्छ ।
अहिले उनी बि एड को अन्तिम परिक्षाको निम्ति तयारिमा छिन । उनले गर्ने पेशा साधरण छ । गाउले जीवन साधारण जिन्दगी नै मन पर्छ । गाउमा उनी शिक्षण पेशामा संलग्न छिन तर अस्थायी शिक्षिका हुन । उनलाइ न त आफ्नो शिक्षाको र शिक्षिका पद बाट हात सफा गर्नु पर्ला भन्ने चिन्ता नै छ यतिबेला उनलाइ चिन्ता छ त समाजमा रहेका असाहाय दिन दुखिहरुको सेवामा बढी चिन्तित छिन ।
मानबजातीको जिन्दगी समय र परिस्थितिको दास हो । समयले करोड पतिलाइ रोडपति र रोडपतिलाइ करोडपतिमा बदली दिन्छ । तर समयानुकुल निरन्तर संघर्ष गर्न सक्यौ भने दुखका दिन सबैको सुखको दिनमा परिणत गर्न असम्भब छैन । समयलाइ चिन्न सक्नु पर्दछ र समयलाइ ठिक ढंगले सदुपयोग पनि गर्न सक्नु पर्दछ । तर असाहाय सोझा सिधा र निमुखा उत्पिडित बर्ग र समुदायलाइ समयले कसैलाइ साथ दिन्छ त कसैलाइ साथ छोड्छन । समयले साथ छोड्ने हरुका निम्ति निरुता घलान जस्ता छोरी जन्मिन्छ र सहयोग र सहयोगी हातहरु लम्काउने छोरा छोरिहरुको कमि फेरि हुदैनन ।
अब प्रसंग जोड्न चाहे ,गोरखा बारपाक सुलिकोट -४ मा बसोबास गर्दै आएका गोठे गुरुङ उनि दाजुभाइ भन्दा सोझो गाउघरमा मेलापात गर्दै आफूले कमाएको दैनिकी ज्यालाले सिंगो परिवार लाइ यस घडी सम्म पालन पोषण गरेर जिबिकापार्जन गरे । सन्तान लाई आफुले खाइ नखाइ हुर्काए बढाए आफुले सकेको जानेको अरुको भरमा निर्भर जिन्दगी गुजार्दै आय । कसलाइ के थाहा जिन्दगिमा यस्तो बज्रपात बर्सिदैछ भनेर ?
उनको शुरुमा नशाको बिमारी ले समायो कमाउन सकिएन झुप्रोको एउटा कुनामा कुप्रीएर थन्किएको तीन साल बितिसकेको थियो । रोगले थलिएर रोगले च्यापिएर दुख्दा सहन नसकेर सुकेका ती ओठ र गला अबिरल बगेको आशुको धाराले भिजाउथ्यो । अर्को ओछ्यानमा नजर घुमाउदा अर्धाङ्गिनी जीवन साथी अर्ध चेत अवस्थाको बल्ल तल्ल कोल्टे फेरेर मधुरो धमिलिएको आँखा घुमाउदा लक्का जवान छोरी पनि कुप्रीएर त्यान्द्रो भएको अनि अर्को कलिलो छोरी नाति सङ्ग मेलापात गरेर ओछ्यानमा लडेका सबै बिरामी को पेटमा जिबित सास मात्रै राख्न कहिले उमालेको पानी त कहिले खोले खुवाएर बचाइ रहेको दृश्य त्यस समाज अनि गाउघरले टुलुटुलु हेर्दै बस्नु शिबाय समाजले गर्न केही सकेनन सक्यो आट र साहास अनि हिम्मत कस्यो निरुता घलान तामाङले निकै सुझ बुझ गरेर गोठे गुरुङ्को परिवारको निम्ति देबि भगवानको पात्र बनिन ।
प्रारम्भिक चरणमा उनले उपचार गर्नको लागि स्थानिय स्तरमा रहेको संघ संस्था र समुदाय अनि समाजमा छलफल चलाइन , सम्भब देखिएन दोस्रो चरणमा स्थानिय स्तरमा मौजुता विभिन्न दल सम्बद्ध पार्टीहरुका नेताहरु सङ्ग छलफल चलाउदै गर्दा आत्मासन्तुष्टि भएन । उनले निरन्तर स्थानिय स्तरमा रहेका देश तथा बिदेश कार्यरत गोरखा बारपाक सुलिकोटका युवाहरु सङ्ग गम्भीर भएर जिम्मेवारी बोधका साथ छलफल गरिन ।
यो युग बिज्ञान र प्रबिधीको युग हो उनलाइ सहज ढंगले अपिल गरिन । बिरामिको अवस्था नाजुक स्थितिमा पुगिसकेको अपडेट गरिन क्रमशः कमलो मनको धनी सहयोगी हातहरु लम्किदै गयो । जुटेको रकम लिएर उनी सहयोगिहरु को साथ काठमाण्डौ बिर हस्पिटल बिरामी गोठे गुरुङ र उनका छोरी कृपा गुरुङलाइ भर्ना गरिन । रोग पता लगाउन पाए उपचार गर्न पाए हुन्थ्यो भन्ने उनको ध्येय थियो । उनले सबै ध्यान बिरामि प्रति केन्द्रीत गरे र साथमा अभियान यता युवा साथिहरुले जोड तोड चलायो ।
“हुने हार दैब नटार भने झै ” गोठे गुरुङको सबै रिपोर्ट आयो रिपोर्ट सुन्दा छागा बाट खसे झै भयो । समस्या नशाको देखेको तर गम्भिर समस्या अर्कै रहेछ । गोठे गुरुङको दुइटै किड्निमा ढुङ्गा नै ढुङ्गा भरेको रिपोर्टमा देखियो । बिड्म्बना हाम्रो देशको नागरिकको यदि उनी अलिकती चलाख थियो आर्थिक अबस्था ठिक थियो भने किड्नी मा ढुङ्गा बोकेर बिबश भएर बाच्नु पर्दैन थियो । देशको शाशण प्रणालि र नेपाल सरकार जनउतरदायी थियो भने जटिबुडी को धनी देश नेपालमा सम्पुर्ण जनताले औसधि उपचारमा नि:शुल्क हुन्थ्यो ।
यस्तै यस्तै कुरा खेलाउदै डाक्टर सङ्ग सल्लाह लिदै डाक्टरको सल्लाह र उक्त केशका प्रमुख अभियान्ता देश बिदेशमा रहेका सबैलाइ जानकारी गराउदै सबैको सुझाब बमोजिम गोठे गुरुङ लिएर फेरि गोरखा सुलिकोट् गोठे गुरुङ्गको घरमा परिवारको साथमा जिम्मा दिन लादै गर्दा गोठे गुरुङले निरुता घलानको काखमा प्राण त्यागे उनी भाब बिव्हल भइन । त्यस घडिमा सबैभन्दा पीडा उनलाइ भयो । के गर्छु भनेर कामको थालनी गर्यो भैदियो अर्कै गरिबिता देखेर रोइन , गोठे गुरुङले भोगेको रोगको पीडा सम्झेर रोइन ,आफ्नै काखमा प्राण त्यागेको गुरुङ भएपनी बृद्धा काका सम्झेर रोइन , गएको गाडिले बिच बाटोमा अलपत्र र लास सङ्ग एक्लै बस्नु पर्दा को क्षण सम्झेर रोइन , रोइन उनि एकमुष्ट सबै सम्झेर अबिरल आशुका धारा सुकेको ओठ भिजाउदै रोइन महान छौ निरुता तिमिले गर्न खोजेका थियौ परिणाम असफल भए पनि गोठे गुरुङको छोरी बन्ने सौभाग्य मिल्यो । एक असाहाय निमुखा गरिब र उत्पिडित परिवारको जिम्मा लिएर आफ्नो अमुल्य समय तिमिले खर्च गर्न सक्यौ तिमी महान नारी बन्यौ ।
गोठे गुरुङको मृत्यु पश्च्यात उनको छोरी कृपा हस्पिटलमा भर्ना गरेर राखेको छ । निरुता घलानको अभियानमा साथ दिने नर बाहादुर गुरुङ ,खेम राज घले , प्रेम कुमारी गुरुङ र रेखा गुरुङ यता हस्पिटलमा छन , उनले विश्राम गर्ने आत्माले कदापी दिएन उनी मृत्यक को लागि सदगद गर्न परिवारलाइ खर्च छोडेर लगतै बिरहस्पिटल हाम फालिन र बिरामी कृपा गुरुङको साथमा स्याहार गरेर बसिन । केहिदिन अघि गोठे गुरुङ आफ्नै काखमा बितेको सम्झना फिल्म झै मानसपटलमा दोहोरी रहेको हुनुपर्दछ । अभियान ग्रुपमा हौसला दिने युवाहरु निरुता निराश नहुनु है भन्ने हौसला सबैले दिइ रहेको थियो । कृपा गुरुङको आखामा मोतिबिन्दु लागेको आँखा देख्न नसकेको रिपोर्ट पनि आइसकेको थियो । परिवारको सदस्यले हस्ताक्षर नगरी अपरेशन गर्न नहुने बिचारहरु सबैले ग्रुप भित्र छरि रहेको हेरिरहेका थिय ।
घर र माइतिको कुरा निस्के पछि ग्रुप भित्र बुढालाइ जिम्मा दिनु पर्छ उपचार पछि भनेर कसैले प्रस्ताब राखेको थियो । निरुताले म मेरो बहिनिलाइ उपचार गर्छु र सक्ने बनाएर काममा लगाउछु भन्दा ग्रुप चकमन्न भयो सन्नाटा छायो एकछिन कृपा बचाउ अभियान ग्रुप मैले पनि हेर्दै थिय त्यो सौभाग्य मलाइ पनि मिल्यो । मन छोयो त्यो शब्दले मेरो आँसु म आफैले थाम्न सकिन संसार भरी निरुताको मन जस्तै सबैको मन किन भएन भन्ने तिर म ग्रुप हेर्दै बसे । अर्को दिन मोबाइल हेर्दा हेर्दै लखेटदा लखेट्दै कराउदा कराउदै लग्यो भन्ने खबर एकाबिहानै निरुताले म्यासेज गरिन म फेरि निस्तब्ध भय ।
राजधानी को मुटुमा रहेको बिर हस्पिटलमा कुरुवाको मोबाइल र बिरामी उपचारार्थको निम्ति गाउँ बाट रिण काढेर ल्याएको पैसा सजिलै लुटेर लैजादो रहेछ भन्ने खबरले अत्यन्तै मनमा रिसको ज्वाला दन्किरहेको थियो । वीर हस्पिटल प्रशाशन यस सन्दर्भमा अनभिज्ञता सायद छैन होलान । संबेदनशिल क्षेत्र हो हस्पिटल खै प्रहरी प्रशाशनको सकृयता खै ? मानब भएर जन्मिए पछि मानबमा हुनुपर्ने मानबियता खै ? बिरामी र कुरुवाको निम्ति असुरक्षित किन ? के नेपाली जनता साचिक्कै नेताहरुको भोट बैक मात्रै हो त ? नेपाली जनताले सुरक्षा पाउनु पर्दैन ? स्वास्थ सेवा नि:शुल्क पाउनु पर्दैन के यो राज्यको दायित्व हैन ? जनताले तिरेको कर संबेदनशिल क्षेत्रमा जनतालाइ दिन सकिँदैन भने हामिले राज्य र नेपाल सरकार छ भन्ने प्रत्याभुती कहिले पाउन सकिएला म यो प्रश्न नेपाल सरकार प्रति तेर्स्याउन चाहान्छु ।
निरुता घलानको योगदान चर्चा बारे यो लेख लेखिरहदा यस अभियानामा साथ दिने सहयोगि हरुलाइ बिर्सन सकिएन उहाहरुको पनि योगदान महत्वपूर्ण छ एउटा हातले ताली बज्दैन ताली बज्न दुइटा हातको जरुरी छ । तसर्थ यस अभियानमा देश भित्र बाट आर्थिक भौतिक र नैतिक रुपमा प्रत्यक्ष उभिएर बिरामी लाई आफ्नो अमुल्य समय लाई बिर्सेर साथ दिनु हुने क्रमश : नर बहादुर गुरुङ ,खेम राज घले, सुनिल खड्का, पुस्ता गुरुङ ,सुलभ अम्गाई, दिपक ढकाल ,मिलन ढकाल ,ईश्वर पनेरु, जानुका सापकोटा , प्रेम कुमारी गुरुङ, पुर्ण गुरुङ र रेखा गुरुङ ले यस अभियानमा साथ र सहयोग निभाएको थियो ।
त्यसै गरि ,बिदेश बाट आर्थिक संकलन गर्दै नेपालमा बिरामी हेरचाह गर्ने सहयोगी हरुलाइ निरन्तर हौसला प्रदान गर्नुहुने प्रमुख अभियानताहरु कतार बाट निकास तामाङ , साउदी अरेबिया बाट सन्देश श्रेष्ठ , कुवेत बाट मदन पनेरु ,मलेशिया बाट किरण गुरुङ , र जापान बाट ईश्वर ढकाल ले साथ दिदै उपचारार्थको लागि सहयोग गर्नु भएको जानकारी प्राप्त भएको थियो । यस अभियान कर्तालाई हामी मिडियाकर्मि टिम पनि हार्दिक आभार ब्यक्त गर्दै साथ र सहयोगको लागि पनि हार्दिक धन्यबाद कृतज्ञता प्रकट गर्दछौ ।