भक्तपुर। भक्तपुरको सुर्यविनायक ८ मा प्रहरी इन्काउण्टरमा दुई जना अपहरणकारी मारिएका छन् । काठमाडौंको काँडाघारीबाट आइतबार साँझ हराएका निशान खड्काको शव ठिमीमा फेला पारेको छ ।
सुर्यविनायक ८ भक्तपुरको जंगलमा अपहरणकारी फेला परेको र प्रहरी देखेर आक्रमण गरेपछि जवाफी कारवाहीमा दुवै मारिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।
गोपाल तामाङ र अजय तामाङको इन्काउन्टरबाट मृत्यु भएको प्रहरीले बताएको छ । अपहरणकारीको साथबाट एक थान पेस्तोल, दुई राउण्ड गोली र फिरौती माग्न प्रयोग भएको मोबाइल बरामद गरिएको उप्रेतीले जानकारी दिए ।