इरुप्से ड्टकम / पाल्पा जिल्लाको सदरमुकाम तानसेन संगै घर बिहिन बलबहादुर विश्वकर्माको बास जङ्गलको बीचमा टिनले छाएको पानी मात्रै ओट लाग्न पनि धौधौ अनकन्तार जङ्गल जंगली जनावरको भयमा बाचेको परिवारलाई कसैले पनि देखेको नदेखिएको जस्तो गरि बलबहादुर बस्दै आएको वर्षाै भइसक्यो ।
४५ वर्ष पुगेका बलबहादुर जन्मदै अपांग पनि हुन् । उनी आँखा कम देख्छन्, कान पनि कम सुन्छन् । उनको हात पनि त्यस्तै छ । ४० वर्षीय श्रीमती कमलाले घरसँगै रहेको जंगलका सालका पात टिपेर बजार लैजान्छिन्, पात बेचेर कमाएको पैसाले छोराछोरीको छाँक टार्छन् ।
यसरी नै चल्दै आएको छ ५ जनाको परिवार जसको एक धुरसम्म जग्गा छैन । अहिलेसम्म राज्यले उनीहरुलाई नागरिक ठानेको छैन । मानौं उनीहरु नागरिक नै होइनन् । बलबहादुरको बसाई हेर्दा लाग्छ, उनीहरु अझैं ढुंगे युगमै छन् । मानव युग होइन । यहि समाचार केही महिना पहिला इरुप्से ड्ट्कमको लागि पाल्पाका सम्भु रसालीले लेखेका थिए । समाचार अनलाइनमा आए पछि विश्वकर्मा हेल्पिङ्ग हयान्डस अराउण्ड वल्र्डका अध्यक्ष कृष्ण गहतराजले विश्वकर्माले विश्वकर्मालाई भन्ने मुल नाराको साथ घर बनाउने इच्छा जनाउनु भयो ।
किन चासो राख्यो विश्वकर्मा हेल्पिङ्ग ह्यान्डसले घर बनाउन
विश्वकर्मा हेल्पिङ्ग ह्यान्डस अराउण्ड वल्र्ड फाउन्डेसनले अहिलेसम्म नेपालमा विश्वकर्मा समुदायलाई सहयोग गर्दै आएको छ । गुल्मी निवासी किड्नी पीडित गीता रसाइलीको घर निर्माण र बालबच्चाको पढाइको लागि ४ लाख ५० हजार सहयोग गरेको थियो । केही समय पहिला बाग्लुङ्ग जिल्ला काठेखोला गाउँपालिका निवासी क्यान्सर बाट पीडित भएर मृत्यु भएका सैबिर विश्वकर्माको बाल बच्चालाई शिक्षाको लागि वार्षिक रु ११ हजारको दरले बच्चाहरु १८ वर्ष पुग्ने बेला सम्म सहयोग घोषण गरेको छ । पहिलो वर्षको सहयोग सस्थाको सकृय सदस्य पूर्ण विश्वकर्माले बाग्लुङ्ग सैबिरको घरमा गएर हस्तान्तरण गर्नु भयो । संस्थाले अन्य धेरै विश्वकर्मा परिवारलाई सहयोग गर्दै आएको छ ।
यस सस्थाको स्थापना भए पछि अहिले सम्म १३ बर्षको अबधिमा विभिन्न किसिमका रोगिहरु र कमज़ोर स्थिति भएकाहरूलाई सहयोग गर्दै आएको छ । जसको विवरण यस प्रकार रहेको छ ।
बि स २०६२ सालमा धरानका सुगरले ग्रसित भएर अन्तिम अवस्थामा पुगेक़ा पिडित किशोर घतानेलाई वीर हस्पिटलमा भर्ना गरेर राख्दा उपचारको लागि रु १५ हजार सहयोग गर्यो । उहाको मृत्यु पश्चात् काज कृयाको लागि उहाँको परिवारलाई रु २० हजार दिएको थियोे । २०७१ सालमा जाजरकोट निबासी सितल कामिलाई कुष्ट रोगको उपचारका लागि भाबले ५० हजार सहयोग गर्यो । रूखबाट लडेको ११ वर्षको बच्चा टाउको उपचार गर्न पर्वत सुन चादी पसल, भैरहवाले पूरा ज़िम्मवारी लीइ इलाज गरी आमा सीता बिश्वकर्मा लाई भहव मार्फत पूरा सहयोग गरेको थियो ।
पोखराको एक जना छात्रा स्कुलबाट घर फर्किने क्रममा बाटोमा लडिन र उनको उपचारको क्रममा पत्ता लाग्यो कि बच्चाको दुबै मृगौला फ़ेल भएको रहेछ उनको लागि रु. ५० हजार भहवका अदक्षय कृष्ण गहतराज बाट आर्थिक सहयोग भएको थियो। रुपलाल लोहनी बिश्वकर्माको जिबनी छपाइको लागि उहाको श्रीमती रोमा सेन्चुरी लोहनीलाई रु एक लाख सहयोग गर्यो ।
गुल्मी निबासी निम बहादुर राजबंशी मृगौला फेल भएको बेला उपचारको लागि रु १० हजार अध्यक्ष द्वारा व्यक्तिगत तर्फबाट सहयोग गर्यो । मृगौला पिडित कुमारी लामगाते घतानेलाई उहाँको उपचार गर्नको लागि भहवले रु ४० हजार आर्थिक सहयोग गर्यो । मिस्टर बिश्वकर्मा र मिस बिश्वकर्मालाई उपहार स्वरुप अध्यक्ष कृष्ण गहतराज द्वारा रु ३० हजार सहयोग भयो ।
मृगौला पीडित मथुरा बिश्वकर्मालाई अध्यक्ष व्यक्तिगत तर्फ बाट रु २५ हजार आर्थिक सहयोग गर्नु भएको थियो । ताप्लेजुङ निबासी राजनशंकर सदासङ्करलाई ब्लड क्यान्सरको उपचारमा थप सहयोग मिलोस भन्ने उद्देश्यले रु ३० हजार भावले सहयोग गर्यो ।
विश्वकर्माले विश्वकर्मालाई भन्ने मुल नारा अन्तर गत
अहिले उनको त्यो खुल्ला आकासे घर विस्थापनको तयारी भइरहेको छ । उनको त्यो आकासे घरलाई विस्थापन गरेर नयाँ घरमा बसाउने प्रयास गरेको छ विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वल्र्ड फाउण्डेसन (भाव) ले । फाउण्डेसनले बलबहादुरलाई नयाँ घरमा बसाउने गरी पक्की घर बनाइरहेको छ । जुन अन्तिम चरणमा पुगेको छ । फाउण्डेसनले देशविदेशमा रहेका विश्वकर्मासँग चन्दा संकलन गरेर घर बनाइरहेको छ । जुन घरमा बलबहादुरले आफ्नो परिवारलाई ढुक्कसँग राख्न पाउनेछन् ।
यसरी बन्यो योजना
बलबहादुरको परिवार जंगलमा बस्दै आएको इरुप्से ड्ट्कमको लागि सम्भु रसालीले लेखेको समाचार सार्वजनिक भयो । उनको दर्दनाक अवस्था थाहा पाएपछि विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वल्र्ड फाउण्डेसनका अध्यक्ष कृष्ण गहतराजको पहलमा बेलायतबाटै बलबहादुरको घर बनाउने योजना बन्यो ।
फाउण्डेसनका अध्यक्ष गहतराजको पहलमा आर्थिक सहयोग सुरु भयो । काठमाडौंमा भएको पटक–पटकको छलफलपछि झण्डै साँढे ६ लाखमा घर बनाइदिने पक्कापक्की भयो । स्थानीय स्तरमा पनि समिति बन्यो । सबैको चासो बढेपछि धमाधम घर निर्माण कार्य जारी रहेको छ । घर सम्पन्न गर्नको लागि अझै केही रकम अपुग रहेको अध्यक्ष गहतराज बताउनु हुन्छ । अहिले पाल्पामा मात्रै होइन, सबैतिर बलबहादुरको घरको अवस्थाले चर्चा पाएको छ । स्थानीयहरु जागरुक भएका छन् । सानो र चिटिक्क परेको घर बन्दै छ ।
बलबहादुरसँग के छ फाउण्डेसनको साइनो
बलबहादुर विश्वकर्मा परिवारलाई बस्ने घरको व्यवस्थापनको लागि जुटेको विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वल्र्ड फाउण्डेसनसँग रगतको कुनै साइनो छैन । छ त केवल विश्वकर्माले विश्वकर्मा’ लाई भन्ने नारा को । यसको उदेश्य भनेकै विश्वकर्मा समुदाय भित्रको सुख दुःखमा हातेमालो गर्दै अगाडी बढ्ने हो ।
समग्र विश्वकर्माको आर्थिक र सामाजिक विकास गर्ने लक्ष्यका साथ २०६२ भावहको स्थापना भएको थियो । जसको संस्थापक अध्यक्ष हुन् कृष्ण गहतराज । अहिलेसम्म यस संस्थाले विश्वकर्माहरुलाई एकताको मालामा जोड्ने काम गर्दै आएको छ । यसै सिलशीलामा बलबहादुर विश्वकर्माको घर निर्माणमा जुटेको छ ।
बलबहादुरको लागी बन्दै गरेको घर सम्पन्न गर्नको लागि अझै केही रकम अपुग रहेको हुँदा इच्छुक दाजुभाइ दिदिबहिनीहरु सहयोगको लागी अपिल गर्दछौं ।
सहयोगको लागी एकाउन्ट नम्बर
Global IME Bank
Account Holders
राजन लोहनी ( Rajan Lohani )
गोपाल प्रसाद सुनार
Gopal Prasad Sunar
सुन्दर कुमार हेमचूली
Sundar Kumar Hemchuli
Branch Anamnagar, Kathmandu
A/C 3907010004458
Swift Code GLBBNPKA