म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन ‘प्रकाश’ निर्विरोध निर्वाचित भएका छन् । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको प्रथम बार्षिक साधारण सभाबाट प्रथम उपाध्यक्षमा प्रमोद श्रेष्ठ, द्धितिय उपाध्यक्ष विजय श्रेष्ठ, महासचिव कुविरकुमार श्रेष्ठ, कोषाध्यक्ष टंक हमाल, सचिव लोकेश पुनमगर, सहकोषाध्यक्ष जीवन बहादुर विश्वकर्मा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सृजना भट्टचन, विष्णु गुरूङ, सृजना श्रेष्ठ, शेर बहादुर केसी, रमेश गिरी, दिनेशनारायण श्रेष्ठ, सुन्दरमान शेरचन र सुर्वण रिजाल रहेका छन् ।
आइतबार बस्ने पहिलो बैठकले कार्यसमितिमा थप सदस्यहरु मनोनित गरी पूर्णता दिने संस्थाका महासचिव कुविरकुमार श्रेष्ठले बेनीअनलाइनलाई जानकारी दिए । ‘हामी बनाउँछौ समृद्ध म्याग्दी’ भन्ने मुल नाराका साथ स्थापना भएको मञ्चको प्रथम बार्षिक साधारण सभाको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरेकी थिईन् । स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको सक्रियतामा स्थापना भएको संस्था मार्फत जिल्लामा विकास निर्माण देखी विभिन्न सामाजिक कार्य गर्ने अध्यक्ष पुनले बताए ।
‘अव सरकारको मुख ताकेर बस्ने समय पनि होईन्,‘ आफुँले सिकेको सीप र पुँजीलाई समृद्ध म्याग्दी बनाउने परिचालन गर्नुपर्छ’ पुनले भने । उनले प्रवासी म्याग्देलीको साझा संस्था मोना लगाएतका विभिन्न संघसंस्थासंग सहकार्य गरी अगाडी बढ्ने बताए । मञ्चले जिल्लामा रहेका स्थानीय तहसंग सहकार्य गरी अगाडी बढ्ने जनाएको छ ।
साधारण सभाको उद्घाटन कार्यक्रममा प्रदेश सांसद विनोद केसी,रघुगंगा गापाका अध्यक्ष भव बहादुर भण्डारी, मालिका गापाका अध्यक्ष श्रीप्रसाद रोका, धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, मंगला गापाकी उपाध्यक्ष सृजना केसी, बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले मञ्च संग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।
साधारण सभाको अवसरमा बोल्दै मञ्चका अध्यक्ष तेजप्रकाश पुनले जिल्लाको आर्थिक विकासमा विदेशी सीप र पुँजीको प्रयोग गरिने बताउनुभयो । उहाँले वर्तमान सरकारको आलोचना भन्दा पनि सहयोगी बनेर देशको विकासमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रथम बार्षिक साधारण सभाको सञ्चालन सचिव कुविरकुमार श्रेष्ठ, स्वागत, आर्थिक प्रतिबेदन कोषाध्यक्ष टंक हमाल र समापन बरिष्ठ उपाध्यक्ष प्रमोद श्रेष्ठले गर्नुभएको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।