काठमाडौं,१३ जेठ – ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि पनि हो । शनिबार राति भएको खेलमा लिभरपुललाई ३-१ ले हराउँदै मड्रिड लगातार तेस्रो पटक युरोपियन च्याम्पियन बन्यो । किभमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेलको प्रदर्शन म्याच विनिङ रहृयो । उनका दुई मध्ये ओभर हेड किकमार्फत गरेको गोल त युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ ।
सलाहले रुँदै मैदान छाडे
लिभरपुलको युरोपियन उपाधि सपनाका प्रमुख हतियार थिए मोहम्मद सलाह । सलाह, माने र फिर्मिनोको प्रदर्शनका कारण सुरुवातमा लिभरपुल केही दबावमा देखिएको पनि थियो । तर, चोटका कारण खेलको ३० औं मिनेटमा नै उनले रुँदै मैदान छाड्नु पर्यो । यो लिभरपुलका समर्थकका लागि पनि च्याम्पियन्स लिगको उपाधिको सपनामा धक्का थियो । यद्यपि पहिलो हाफ गोलरहित बराबरीमा सकियो । खेलको ५१ औं मिनेटमा ग्यारेथ बेलले रियललाई अग्रता दिलाए तर, चार मिनेटपछि नै मानेले अप्रत्यासित रूपमा बराबरी गोल फर्काएका थिए ।
बेलको म्याच विनिङ प्रदर्शन
६१ औं मिनेटमा इस्कोको ठाउँमा मैदान प्रवेश गरेका बेलले उत्कृष्ट प्रदर्शन गरे । उनले तीन मिनेटपछि नै रियललाई अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा ओभर हेड किकमार्फत गोल गर्दै रियल मड्रिडको उपाधि पक्का गरे । उनको यो गोल युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ । उनी म्यान अफ दि म्याच बने । खेलमा लिभरपुलका गोलरक्षक लोरिसको प्रदर्शन विर्सनलायक रहृयो ।
Previous Articleहुन्डी कारोबारवाला सुन तस्करीमा सक्रिय !
Next Article नरेठाँटी बचत तथा ऋण सहकारी बन्द