तोलाको हिसाबमा बिक्री हुने ढोरपाटन क्षेत्रमा पाइने बहुमुल्य च्याउ गुची चिनियाँ बजारमा पूग्छ भन्दा सायद कतिपयलाई हास उठ्न सक्छ । तर, यो यथार्थ हो । ढोरपाटन क्षेत्रमा पाईने गुची च्याउ जस्तै बहुमुल्य र बहुउपयोगी जडीबुटी हाम्रै वनजंगलमा पाइन्छ । तर, त्यसको संकलन, प्रशोधन र बजारीकरणमा ध्यान पुग्न नसक्दा आर्थिक उपार्जन गर्नबाट हामी चुकीरहेका छौ । पछिल्लो समय आर्युेवेदिक पद्वतीमार्फत उपचार गर्ने प्रचलन बढ्दै गएको छ । आर्युेवेदिक उपचारको माग बढ्दै गईरहेका बेला जडीबुटी संकलनमा हाम्रो ध्यान नजानु दुःखद कुरा हो । आर्युेवेदिक उपचारपद्वतीमा विकसित देशले निकै फड्को मारिरहेको बेला हामीले हाम्रो वनजंगलमा पाइने जडीबुटी संकलनमा चासो नदेखाउनु कस्तुरीले आफ्नै गन्ध थाहा नपाउनु जस्तै हो । प्रसस्त संभावना भएपनि बागलुङ जिल्लाका अधिकांस वनजंगलबाट जडिबुटी संकलन, प्रशोधन र निकासी हुन सकेको छैन ।
आम्दानीको गतिलो स्रोत जंगलमा प्रशस्त पाइएपनि कानूनी जटिलता, संकलन र विक्रीमा झन्झटिलो हुने हुँदा राज्यले लाखौं रुपैयाँ राजश्व समेत गुमाउनु परिरहेको छ । स्थानिय तहको चुनावमा आफ्नो गाउँपालिका र नगरपालिकाको आम्दानीको श्रोत बनाउने लक्ष्य राखेका स्थानीत तह र जनप्रतिनिधिले कार्यकालको एक वर्ष गुर्जादा समेत जडिबुटी संकलन, प्रशोधन र बजारीकरणको विषयमा बेवास्ता गरेका छन् । स्थानिय तहको गतिलो आम्दानीको स्रोत जडीबुटी संकलनमा एक वर्षअघि गरेको वाचालाई बिर्सैर भएको बजेट जति भौतिक पूर्वाधारमा खर्च गरेर आर्थिक रुपमा सक्षम बन्न सकिदैन । यतिमात्रै होइन जडिबुटीको अध्ययन समेत नभएपछि राजश्व आउने क्षेत्र ओझेलमा परेको हो । आफ्नो कार्यक्षेत्रमा जे संभावना छ त्यसैमा लगानी गर्ने वातावरण बनाउने होभने आर्थिक उपार्जनमा स्थानिय तह सफल हुन सक्छन् । खाली विकासको नाममा सडक खनेर बजेट स्वाहा पार्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्छ । चुनावअघि आर्थिक समृद्विका लागि जडिबुटी प्रचुर संभावनाको क्षेत्र भएको बताएपनि कालान्तरमा त्यसलाई बेवास्ता गर्ने पुरानो परिपाटीलाई अब अन्त्य गर्नुपर्छ ।
जिल्लाका हरेक जंगलमा विभिन्न प्रकारका जडिबुटी पाईने भएपनि गाउँ र नगरपालिकाले त्यस क्षेत्रमा बजेट बिनियोजन समेत नगर्नु झन् उदेकलाग्दो कुरा हो । जिल्ला वन कार्यालयका अनुसार जिल्लाका बनमा डेढ सय प्रजातीका जडिबुटी पाइन्छन् । तीमध्ये बढी निकासी योग्य र बजारमा मूल्य पर्ने २० प्रकारका छन् । स्थानिय तहले अध्ययनका लागि बजेट छुट्टयाएको भए आगामी वर्ष कार्ययोजना बनाएर निकासीको काम अघि बढ्थ्यो । तर, यो काम गर्नबाट स्थानिय तहका जनप्रतिनिधि चुकेका छन् । आम्दानीका स्रोतमा लगानी गर्न हिच्कीचाउने होभने आफ्नो स्थानिय तहलाई आर्थिक रुपमा मजबुत बनाउन सकिदैन । संकलन र बजारीकरणको अभाव जडिबुटी निकासी हुन सकेको छैन । यसतर्फ जनप्रतिनिधिहरुले विशेष ध्यान दिएर जडीबुटी संकलनमा सचेतना जगाउनु पर्छ भने बजारीकरणका लागि पनि उत्तिकै पहलकदमी गर्नुपर्छ ।