काठमाण्डौ, ७ जेठ-सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने लक्ष्य राखेको छ । सोमबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोव्वर बनाउने उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंक नजिक पुर्याइने नीति तथा कार्यक्रममा उल्लखे गरिएको छ ।
पाँच वर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा देशलाई मध्यम स्तरको आय भएको देश बनाइने र आयमा देखिएको असामनता कम गर्दै लगिने उल्लेख गरिएको छ । निर्वाचनपछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रममा चीन र भारतसँग नेपाललाई रेलमार्गसँग जोड्ने उल्लेख छ। चीनको रेलमार्ग रसुवागढीदेखि र भारतको रेलमार्ग रक्सौलदेखि काठमाडौं ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।