बागलुङ, ४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी टेम्पो नभएर जेट विमान भएको संज्ञा दिएका छन्। नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभालाइ सम्बाेधन गर्दै अाेलीले भने, ‘दुइ अध्यक्ष भए याे के गरेकाे भन्ने केही साथीहरूलाइ लागिरहेकाे हाेला। याे टेम्पाे हाेइन नि। जेट विमानका २ पाइलट हुन्छन्’, उनले भने। पुष्पकमल दाहाल र अाफूले छलफल गरिगरि पार्टी एकताको निर्णयसम्म पुगेको उनले सुनाए।
विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठन भएकाे पार्टीलाइ नै अाफूहरूले ब्युँताएकाे उनकाे भनाइ थियाे।ओलीले पार्टीका लागि तल्लो तहमा काम गर्ने सबैका कारण पार्टी एकीकरण सम्भव भएको बताए। ‘ड्राइभर त सिटमा बसेको हुन्छ। गुड्ने त चक्का हो’, कार्यकर्तालाई संकेत गर्दै उनले भने, ‘पार्टीको सबै तहले यसले पसिना बगाएर काम गरेका छन्। औचित्य, आवश्यकता हेरेरै पार्टी एकता गरिएको हो।’
एकीकृत पार्टीलाई हिन्द महासागरको संज्ञा दिँदै उनले अब पुराना पार्टी कहीँ पनि नभेटिने उल्लेख गरे। ‘हिन्द महासागरमा कोशीको पानी कहाँनेर छ भनेर कहाँ भेटिन्छ?’ २००८ सालदेखि कम्युनिस्ट पार्टीमा गुटबन्दी सुरु भएको स्मरण गर्दै ओलीले त्यसपछि कम्युनिस्टहरु फुटको पर्याय बनेको स्मरण गरे। ‘हिउँदमा पात झरेको स्याउको रुख देख्दा कतिपयलाई लाग्न सक्छ रुखै मरेछ’, नेपालको कम्युनिस्ट आन्दोलनलाई संकेत गर्दै उनले भने, ‘अब नेपालको कम्युनिस्ट आन्दोलनमा विन्टर सिजन हुनेछैन।’
उनले स–सना कम्युनिस्ट दलहरुलाई पसलको संज्ञा दिँदै एकजुट हुन आह्वान गरे। ‘अब स–सना कम्युनिस्ट पार्टीका पसल थापेर के बस्नुहुन्छ आउनुहोस् मिलौं।’ हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्दतर्फ संकत गर्दै ओलीले भने, ‘कोही बानी बिग्रिएका केटाकेटीजस्ता छन्। कम्युनिस्ट पार्टी सरकार चलाइरहेछ कोही सुतली बम पड्काइरहेका छन्। उहाँहरुलाई पनि राष्ट्र निर्माणको यो महाअभियानमा सहभागी हुन आह्वान गर्दछु।’
करिब ७० वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए। आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो ।