काठमाडौं, ३० वैशाख–प्रधानमन्त्री केपी ओलीले आफू छिमेकीसँगको सम्बन्ध सुधारमा केन्द्रीत रहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणबारे संघीय संसद प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमण उपलव्धि पूर्ण भएको बताए । ओलीले मोदीको भ्रमण नेपाल र भारत दुबैको पक्षमा भएको बताए । उनले भारत र चीनसँग सुमधुर र सुदृण र पारस्परिक विश्वास र भरपर्दो सम्बन्ध कायम गर्न आफू केन्द्रीत हुने बताउँदै त्यसका लागि भरसक छिट्टै चीन जाने बताएका छन् । उनले दुईवटा छिमेकी मुलुकसम्म मात्र नभइ अरुसँगपनि सम्बन्ध सुधारको पक्षामा आफू रहेको संसदमा बताए ।