यातायात क्षेत्रमा रहेको सिण्डिकेट खारेजीको बिषयले चर्चा पाईरहेका बेला बागलुङ बजारमा यातायात क्षेत्रमा रहेको मनमरि भाडादरको बिषयमा पनि सर्वसाधारणले गुनासो तथा कतिपय ठाउँहरुमा यातायात नै अबरोध गरेर भाडा समायोजनको माग गर्न थालेका छन् । पक्कि सडक निकै कम रहेको बागलुङ जिल्लाका कच्चि सडकमा चल्ने सवारी साधनले उपभोक्ताबाट असुल्ने मनपरि भाडाका कारण सर्वसाधारण मर्कामा परेका हुन् । बागलुङका कच्चि सडकमा चल्ने जिप तथा साना सवारी साधनको भाडादर प्रतिकिलोमिटर ७ रुपैयाँ तोकिएको भएपनि यातायात व्यबसायीले मनपरि भडा असुली रहेका छन् । सार्वजनिक यातायात मात्रै हैन सामान ओसारपसारको लागि भनेर खरिद तथा दर्ता गरिएका कतिपय पिकअप भ्यानहरुले अझै बढि महंगो भाडा लिएरको उपभोक्तामा आतंक मच्चाईरहेका छन् ।
बागलुङ सदरमुकामबाट नजिकै रहेको बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको भैरवस्थानको मन्दिरमा जानको लागि बागलुङ बजारबाट पिकअप भ्यान चडेका अमलाचौरका पाठकथरका एक जना उपभोक्ताले बैशाखको अन्तिम मंगलवार ढोरपाटनसँग गुनासो गर्दै भने १५÷२० किलोमिटर बाटोको ४ सय भाडा लिएको बताए । गुनासो गर्ने निकाय नै नपाएको भन्दै सञ्चारमाध्यामको सामु आएको उनले बताए । बागलुङ जिल्लाको सदरमुकामदेखि बानपा–३ हुँदै बानपा–८ सिगाना बौडेचौरसम्म चल्ने यातयातका साधनहरुले भाडादरमा मनोमानी गरेको भन्दै आमा समूहको सक्रियातामा भाडादर घटाउन पहल थालियो । आमा समुहले पहल मात्रै थालेनन् बाटो बन्द गरेर भाडा महंगो गर्ने व्यवसायीका गाडीलाई अवरोध गरेर भाडा समायोजन गर्ने प्रतिबद्धता जनाउनको लागि ब्यवसायीलाई बाध्य बनाए । यस्ता घटनाहरुले के देखाएको छभने व्यक्तिगत सम्पत्ति आर्जनका लागि किनिएका सवारी साधनले राज्यको उपस्थिती कम भएको अथवा जनताको बाध्यात्मक परिस्थितीको फाईदा उठाउँदै उपभोक्ताहरुबाट मनपरि भाडा असुली रहेका छन् ।
जिल्लाका कच्चि सडकमा गुड्ने गाडीहरुको भाडाका बिषयमा चार्डवाडका बेला चर्को आवाज उठाउने उपभोक्ता मञ्च, उपभोक्ता अधिकार सम्वन्धी काम गने्र्र संघ संस्था सरकारका सरोकारवाला निकाय र आम उपभोक्ताले समेत बेवास्ता गरेका कारण यातायात क्षेत्रमा भडाको मनोमानी बढेको हो । यातायात क्षेत्रमा रहेको मनोमानीको बिषयमा कोही कसैको पनि ध्यान जान नसक्दा अझै भनौ सम्बन्धित निकायले समय समयमा अनुगमन गर्न नसक्दा सरकारले तोकेकोभन्दा दोब्बरसम्म भडा असुल्ने गरेको पाईएको छ । सिण्डिकेटको चर्चा चलिरहेका बेला देशका कच्चि सडकहरुमा गुड्ने साना तथा ठुला सवारी साधनहरुको बैज्ञानिक भाडादर र त्यसको कार्यान्वयनको पनि खोजी हुन जरुरी छ । समय सापेक्ष बैज्ञानिक भडादर कायम गर्ने र लागु गराउने राज्यको दायित्व हो । निर्धारित भाडादरको बिषयमा आम सर्वसाधारण तहमा जानकारी गराउने र उपभोक्ताले समेत आँफु ठगिएमा वा तोकेकोभन्दा व्यवसायीले लिएको भडादर महंगो भएमा सम्बन्धित क्षेत्रमा उजुरी गर्ने चेतना नागरिकमा हुनुपर्छ । पछिल्लो समय सार्वजनिक यातायात भन्दा उपभोक्ताको रोजाई बढि परेको पिकअप भ्यानको भाडामा ज्यादती सहि नसक्नुको छ । कानुनी आधारम ागर्न मिल्नेसम्मको हर्कत मात्रै व्यवसायीले गर्ने र त्योभन्दा बढि भएको खण्डमा कानुन अनुसारको कारवाहीका लागि व्यवसायीलाई बाध्य गराउने काम सर्बसाधारणको हो ।
Previous Articleस्तरोन्नतिका लागि बागलुङ–पोखरा सडक ६ घण्टा बन्द
Next Article २०७५ वैशाख २७ गते बिहिबारको राशिफल