बागलुङ, २६ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सुरक्षाका लागि सुरक्षा निकायले उपलब्ध अत्याधुनिक उपकरण प्रयोग गर्ने भएको छ। मोदी भ्रमणको बाहिरी सुरक्षा घेरामा रहने प्रहरीले आफुसँग उपलब्ध उपकरण प्रयोगका लागि मंगलबार एउटा प्राविधिक टोली जनकपुर पठाएको हो।
प्रहरीले मोदीको स्र्कटिङमा ३ वटा जामर, र्यापिड कम्युनिकेशन सिस्टम (आरसीएस), भेइकल एण्ड नम्बर स्क्यानर, डिजिटल रेडियो सिस्टम लगायतका उपकरण प्रयोगमा ल्याउने भएको हो। राष्ट्र प्रमुखकाे भ्रमण भएकाले उपलब्ध सबै प्रविधीकाे प्रयाेग हुने डिअाईजी ठुले राईले बताए। ‘प्रविधिकाे सहयाेगमा सुरक्षा मजबुत पारिनेछ’, माेदी सुरक्षाकाे जनकपुर कमाण्ड सम्हालिरहेका उनले भने।
एस्कर्टिंगमा ज्यामर
भारतीय प्रधानमन्त्री मोदीको जनकपुर र काठमाडौं भ्रमणकाक्रममा उनको साथमा मोबाईल फ्रिकेवन्सी जाम गर्न प्रयोग हुने ज्यामरसहितको सवारी साधन रहने छ।
मोदी कारगेट ९ सवारीमा रहने अगुवा, पछुवा गाडीको लस्करको बीचमा जामर रहनेछ।अत्याधुनिक जामरले सय मिटरवरपरको क्षेत्रमा मोबाइल, डिजिटल डिभाइसलगायत विद्युतीय उपकरण निष्क्रिय पारी सञ्चार सम्पर्क विच्छेद गरिदिन्छ। रिमोट कन्ट्रोल र अन्य त्यस्तै डिभाइसलाई निश्क्रिय बनाइदिन्छ। यी डिभाइस बम विस्फोट खतरा टार्न उपयोग गरिएको हो। मोदी जाने जानकपुर, काठमाडौं र मुस्ताङको एस्कर्टिङमा पनि ज्यामर प्रयोग हुनेछ।
सुरक्षा सर्तकताका लागि आरसीएस
मोदीको सुरक्षा सर्तकताका लागि जनकपुर र काठमाडौंमा उनी जाने रुटको भिडियो लाईभ सहितको र्यापिड कम्युनिकेशन सिस्टम तयार भएको छ । प्रहरीले मंगलबार ५० थान आरसीएस सेट जनकपुर पठाएको छ। त्यसको लाइभ फिड प्रहरी प्रधान कार्यालयले लिनेछ। वाकीटाकी जस्तो उपकरण आरसीएसबाट क्लोज सर्किट क्यामराको कभरेज नभएका ठाँउको गतिविधि भिडियो फोरम्याटमा प्रत्यक्ष कन्ट्रोल सेन्टरमा रहेका मोनिटरमा आउने छ।
कमाण्ड सेन्टरमा रहेका अधिकारीले सो भिडियोका आधारमा सुरक्षामा खटिएका अधिकारीलाई आवश्यक निर्देशन र सुरक्षा रणनीति तत्काल परिवर्तन गर्न सक्नेछन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा प्रयोगमा ल्याइएको यो उपकरण प्रभावकारी रहेको सुरक्षामा खटिएका प्रहरी अधिकारीको अनुभव छ।
भेइकल र नम्बर स्क्यानर
सवारी साधनको नम्बर प्लेटको बिवरणको भिडियो रेर्कडसहित सवारीसाधन एक्सरे गर्ने उपकरण यसपटक मोदी भ्रमणमा प्रयोग हुनेछ। भेइकल एण्ड नम्बर स्कयानरले गाडीको सबै पार्टको एक्सरे गर्नेछ। यो उपकरण कार्यक्रम स्थलमा आउने सवारीसाधनको जाँचमा प्रयोग हुनेछ।
डिजिटल रेडियो सेट
प्रहरीले प्रयोग गरिरहेको एनालग पद्धति सेट बाहेक व्याकअपका लागि डिजिटल रेडियो सेट समेत सुरक्षाका लागि प्रयोग हुनेछ। भ्रमण अवधीका लागि एउटा च्यानलमा सुरक्षाकर्मीबिच सम्पर्कका लागि यो प्रविधि प्रयोग हुनेछ। यस बाहेक नियमित रुपमा मेटल डिटेक्टर, वाक थ्रु गेट र अन्य उपकरणको प्रयोग हुने मोदी सुरक्षामा खटिएका अधिकारीले बताएका छन्। भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार र शनिबार नेपालको औपचारिक भ्रमण गर्दैछन्।
यसरी हुँदैछ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा
Previous Articleस्वास्थ्य क्षेत्रको सिण्डिकेट तोड्ने मन्त्री अर्यालको उद्घोष
Next Article सम्झना भण्डारीलाई सर्वोत्कृष्ट लोकदोहोरी अवार्ड