बागलुङ, २६ बैशाख-फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बनको व्यवस्था थप गर्न माग गर्दै नेकपा एमालेले प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन दर्ता गरेको छ ।
संसदीय दलका पदाधिकारी तथा मस्यौदा समिति सभापतिसँग परामर्शपछि एमालेका तीन जना सांसदले नियमावलीमाथि संशोधन दर्ता गराएका हुन् । एमालेका सांसदत्रय भैरवबहादुर सिंह, नरबहादुर धामी र दामोदर भण्डारीले नियमावलीमा संशोधन दर्ता गराएका हुन् ।
Previous Articleबुढीगण्डकीमा टिपर खस्यो,चालकको मृत्यु
Next Article कथा-श्रीमती नभएका सर