बागलुङ, २६ बैशाख – भारतीय वायुसेनाको चार्टर विमानमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षा दिन सुरक्षा सामग्रीसहित करिब ४ दर्जन सुरक्षाकर्मी र दुइटा बुलेट प्रुफ लेमोजिन कार मंगलबार बिहान काठमाडौं ल्याइएको छ । मोदीका यी दुइटै कार काठमाडौंमै राखिनेछ । एउटा कार यसअघि नै जनकपुर ल्याइसकिएको छ । एकैछिन उपयोग गरेर फर्काउने गरी उक्त कार सडकमार्गबाटै ल्याइएको हो ।
काठमाडौं ल्याइएका कारका चालक दलका १६ सदस्य र ४४ सदस्यीय सुरक्षा कमान्डो नेपाल आइपुगेका जानकारी अधिकारीहरूले दिए । नेपाली सेनासँगको सहकार्यमा उनीहरूले मोदीलाई छुट्टै घेरामा रहेर सुरक्षा दिने जनाइएको छ । पछिल्लो समय मोदीमाथि बढी नै ‘सुरक्षा थ्रेट’ रहेकाले पनि कमान्डो र बुलेट प्रुफ गाडी ल्याइएको हो । सुरक्षाविज्ञका अनुसार यी कार एम्बुसमा परे वा त्यसमाथि बम प्रहार भए पनि गाडीमा सवार यात्रु सुरक्षित रहन्छन् ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयमा आन्तरिक ‘ब्रिफिङ’ भएको छ । मोदी आउनु तीन दिनअघि तयारीका सबै पक्षमा छलफल गरिएको हो । छलफल भ्रमणको सुरक्षा व्यवस्था, जनकपुर, काठमाडौं र मुक्तिनाथमा स्वागतको तयारीलगायत विषयमा केन्द्रित रहेको जानकारी एक सहभागीले दिए ।
ती अधिकारीका अनुसार समयतालिका, नागरिक अभिनन्दन, बाटोघाटोको सुधार, सहरको सज्जा, सुरक्षालगायत विषयमा पनि छलफल भएको थियो । यस अलावा मोदीका लागि भारतबाट ल्याइएका २ वटा बुलेट प्रुफ कारको उपयोगिता र उनको सुरक्षाका लागि भारतबाट आएका सुरक्षाकर्मीलगायतको विषयमा पनि छलफल भएको अधिकारीले जनाए ।
मोदीलाई सुरक्षा दिन काठमाडौंमा भारतीय सुरक्षा कमान्डो
Previous Article२५ वैशाख २०७५, ढोरपाटन दैनिक
Next Article चीनको मध्यस्थतामा अमेरिका-उत्तर कोरिया वार्ता