बागलुङ, २५ बैशाख – तेस्रोपटक नेपाल भ्रमणमा आउने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पोखरामा बास बस्ने योजनामा थिए । तर, नेपाली पक्षको जोडबलका कारण उनको त्यो रहर अपुरो रहने भएको छ।
छिनछिनमा परिवर्तन भइरहने मौसम र पोखराको सुरक्षा प्रबन्धबारे नेपालले अडान लिएपछि पोखरामा बास बस्ने मोदीको योजना हेरफेर भएको हो। ‘भारतीय पक्षले बास बस्नका लागि पोखरा प्रस्ताव गरेको थियो, सायद मोदीकै इच्छाअनुसार त्यस्तो प्रस्ताव आएको हुनुपर्छ।’,परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।
नेपालले व्यावहारिक पक्षबारे भारतीय पक्षलाई प्रस्ट्याएपछि मोदी काठमाडौंको बौद्धस्थित हायात होटलमा बास बस्दै छन् । आगामी शुक्रबार भारतको विहार हुँदै सोझै जनकपुर पुग्ने मोदी त्यहाँको धार्मिक र अन्य कार्यक्रममा सहभागी भएर काठमाडौं आउने र फेरि साँझ पोखरा पुग्ने भारतले प्रस्ताव गरेको थियो। भारतीय प्रधानमन्त्री मोदी पोखरा बस्ने योजनाबारे जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले त्यसबारे आफूले कुनै जानकारी नपाएको बताए ।
Previous Articleगर्भपतन गराए ५ वर्षसम्म जेल र ५० हजार जरिवाना !
Next Article मोदी भ्रमणका लागि मुक्तिनाथ मन्दिर आवतजावत गर्न रोक