काठमाडौं,२४ बैशाख – राष्ट्रिय सभा सांसदले सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाउन गरेको प्रयासलाई सकारात्मक रूपमा लिँदै अन्य क्षेत्रको एकाधिकारसमेत अन्त्य गर्न आग्रह गरेका छन् । राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा उनीहरूले यातायात क्षेत्रमा रहेको लगानीको सुरक्षित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद रामनारायण बिडारीले एकाधिकार लादेर अकुत सम्पत्ति कमाएका व्यवसायीमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरे । ‘सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरेको छ । यातायात समितिका नाममा अर्बौं रकम उठाइएको छ । त्यसको उचित व्यवस्थापन गर्नुपर्छ । उक्त रकम राज्यको नाममा ल्याउन तत्काल उचित कदम चालियोस्,’ उनले भने । ‘

सांसद हरिराम चौधरीले कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय पक्षले गरेको सीमा अतिक्रमणलगायत विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा स्पष्टसँग कुरा राखेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । ‘भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणक्रममा सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले विशेष पहल गरोस्,’ उनले भने । अर्का सांसद इन्दु कडरियाले नेपाल–भारत सीमा क्षेत्र व्यवस्थित गर्न र सीमामा सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।
सांसद अनिता देवकोटाले पुनर्वास क्षेत्रको सीमा समस्या समाधानका गर्न सरकारको ध्यानाकर्षण गराइन् । रामप्रित पासवान, खेमराज नेपाली, शिवबहादुर विकलगायतले लामो समयदेखि मुलुकका विभिन्न भागमा जातीय छुवाछूत र भेदभाव जारी रहेको उल्लेख गर्दै त्यस्तो कार्यमा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरे ।