बैशाख महिनाको तेस्रो साता सुरु भएसँगै तराईका भू–भागदेखी मध्यपहाडी जिल्लामा समेत गर्मी ह्वात्तै बढेको छ । हावामा तापको मात्रा बढेसँगै बढेको गर्मीका कारण आम नागरिकमा केही न केही समस्याहरु देखा पर्न थालेका छन् । एकातर्फ मौषम परिवर्तनका कारण परिवर्तित हावापानी र अर्कोतर्फ गर्मी बढेसँगै भैरहेको बर्षाका कारण पनि स्वास्थ्यमा कुनै न कुनै प्रतिकुलता देखापरिरहेका छन् । एकातर्फ गर्मी मौसम र अर्कोतर्फ बर्षाका कारण पानीका मुहानहरुमा पसेको भेलबाढीका कारण प्रदुषित बनिरहेको पानीका कारण पनि यो समयमा मानव स्वास्थ्यमा समस्या देखा पर्ने गरेको जानकारहरु बताउँछन् । हामीले पिउनका लागि प्रयोग गर्ने पानीलाई राम्रोसँग निर्मलीकरण गरेर पिउन नसकेका कारण हामी बर्षा याममा दैनिकजसो बिरामी पर्ने गरेका छौं । गर्मी सुरु भएसँगै बागलुङ जिल्ला तथा आसपासका जिल्लाका स्वास्थ्य संस्थामा बढिरहेको बिरामीहरुको चापलाई हेर्ने होभने पनि हाम्रो दैनिकिमा भैरहेको हेलचक्राईंको प्रष्ट रुप देख्न सकिन्छ ।
अझै स्वास्थ्य संस्थाहरुमा भेटिने रुघाखोकी, झाडापखलाा तथा टाईफाईडका बिरामाीले प्रष्ट रुपमा हाम्रो आनीबानीको स्वरुप देखाईरहेका छन् । स्वास्थ्यमा सामान्यतया आउने समस्या भन्दा गर्मी याममा आउने समस्या बिषेश गरेर प्रदुषित पानी र खानाकै कारण हुने गरेको चिकित्सकहरुले बताउने गरेका छन् । एकातर्फ मौसमको ख्याल गरेर दैनिक आनीबानी र आफ्नो स्वास्थ्यको ख्याल नगर्ने हामी आमनागरिक र अर्कोतर्फ संकट आउन सक्छ भनेर पुर्वतयारी नगर्ने हाम्रो बानीका गर्मी मौसममा फैलिने महामरीका कारण हाम्रो देशका दुर्गम गाउँ तथा कतिपय शिक्षित मानिएका शहरहरु समेत प्रभावित हुने गरेका छन् । अनेकौं मौसमको सामना गर्नुपर्ने हाम्रो मुलुकमा मौसम अनुसारको आनीबानी तथा दैनिकी नागरिकले अंगाल्नु पर्ने र आमनागरिकको स्वास्थ्य सुरक्षाको लागि समयमा पुर्व तयारी राज्यले गर्न जरुरी छ । अहिले पनि जिल्लाका केही दुर्गम ठाउँहरुमा अत्यावश्यक औषधीको समेत उपलव्धता छैनभने जिल्ला सदरमुकाममा रहेका कतिपय सरकारी स्वामित्वका अस्पतालको मात्रै सिफारिस गर्ने केन्द्रको रुपमा विकास भैरहेका छन् ।
राज्यले समयको ख्याल गर्दै गर्मीको समयमा फैलन सक्ने महामारीको नियन्त्रण तथा रोकथामको लागि आवश्यक अत्यावश्यक औषधिको जोहो गरिराख्नु अहिलेको आवश्यकता हो । सके आमनागरिकलाई गर्मी तथा बर्षाका कारण हुन फैलन सक्ने महामारीबाट बचाउनका लागि जनचेतना र प्रदुषणरहित समाजको निर्माण गर्ने र नसके सम्भावित खतराबाट बच्नको लागि आवश्यक पुर्वतयारी गर्नु राज्यको दायित्व हो । यो मौसममा फैलिने आउँ, रुघाखोकी, टाईफाईड जस्ता रोगहरुको नियन्त्रणका लागि सामान्य सिटामोल खोज्न समेत जिल्ला सदरमुकाम तथा देशका ठुला शहरमा जानै पर्ने बाध्यता राज्यले अन्त्य गर्नुपर्छ । अर्को कुरा महामारीका कारण औषधि नै नपाएर वा समयमा औषधि नपाएर ज्यान समेत जानसक्ने खतराबाट सबैलाई जोगाउन आवश्यक छ । नागरिक सचेत र राज्य जिम्मेबार हुने होभने कोही पनि नागरिक महामरिकै कारण अकालमा ज्यान गुमाउनु पर्ने छैन् ।
Previous Articleआठ विद्यालयमा विद्युतीय पुस्तकालय
Next Article २०७५ वैशाख २३ गते आईतबारको राशिफल