बागलुङ, २२ वैशाख – सरकार आक्रामक रुपमा प्रस्तुत भएपछि आजबाट यातायात नियमितरुपमा सुचारू भएको छ । सिन्डिकेट पक्षधर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम शनिबारबाट हटाउने निर्णय गरेका छन । महासंघले विज्ञप्ति जारी गरी आफ्नो आन्दोलनका कार्यक्रम सफल भएको दाबी गरेको छ । यातायात व्यसायीले शनिबारदेखि यातायात सुचारू भएको जनाएका छन ।
महासंघले यातायात बन्दबाट प्रभावित भएका यात्रुसँग क्षमासमेत मागेको छ । सरकारले नियन्त्रणमा लिएका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण सुवेदी, कोषाध्यक्ष डम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभरबाट पक्राउ परेका यातायात व्यवसायी कर्मचारी तथा मजदुरलाई बिनाशर्त रिहाई गर्न मागसमेत गरेको छ ।
शनिवार विहानैदेखि यातायात नियमित चल्न सुरु
Previous Articleशुल्क वृद्विविरुद्व विद्यार्थी आन्दोलित
Next Article पानी नियमित पिउदा धेरै फाईदा