राजदुतत्रय भ्रमण सकेर नयाँदिल्ली फर्कनेक्रममा आफ्ना अनुभव सुनाउँदै
डोल्पा र फोक्सुण्डो तालको रमणीय दृष्यले मोहित बनाएको र यस्तो मनोरम दृश्य विश्वमा कहीँ पनि नपाइएको उल्लेख गर्दै उनीहरुले नेपाल विश्वकै आकर्षक पर्यटकीय गन्तब्य भएको धारणा व्यक्त गरे। साहसिक पदयात्राको अवधिमा निकै कठिनाइ भए पनि यात्राका क्रममा देखिएका र ती अनुपम दृश्यसँग साक्षत भेट गर्न पाउँदा असाध्यै आनन्दको अनुभूति भएको पूर्वराजदूत रायले बताए।
डोल्पा प्राकृतिक सम्पदा र सामरिक महत्वले महत्वपूर्ण र प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको रायको भनाई थियो। नेपालको ग्रामीण अर्थतन्त्रलाई परिवर्तन गरी आर्थिक समृद्धि हासिल गर्ने उपयुक्त माध्यम पर्यटन नै भएकाले यसको प्रवद्र्धन र विकासका लागि विशेष ध्यान दिनुपर्ने पूर्वराजदूत रायले बताए।
‘प्राकृतिक सुन्दरताले भरिपूर्ण डोल्पा र विश्वमै देख्न नपाइने फोक्सुण्डो तालको मनमोहक दृश्य मैले पहिलो पटक देख्ने अवसर पाएँ, नेपाल सुन्दर र धेरै अवसरयुक्त देश हो’ रायले भने, ‘स्थानीयवासीलाई सहभागिता गरार्इ आर्थिक विकासमा समाहित गरिनुपर्छ, विदेशी मात्र हैन, आन्तरिक पर्यटन प्रबर्द्धनमा पनि ध्यान दिनुपर्ने देखिन्छ।’ विश्वमा चर्चित ताल शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी भगवती मन्दिर, जगदुला ताल, विश्वकै उच्च मानवबस्ती धो ताक्सी उपत्यका शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज, बहुमूल्य जडीबुटी यार्सागुम्बा लगायतको दृष्टिकोणले पनि महत्वपूर्ण पर्यटकीयस्थल डोल्पालाई मानिन्छ ।
डोल्पाको विकास र पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालमा डोल्पालाई जोड्न तथा पदमार्गको स्तरोन्नति गरिनुपर्नेमा पनि पूर्वभारतीय राजदूतहरुले जोड दिए। पूर्वराजदूत श्यामशरणले डोल्पा अथाह सम्भावना बोकेको आकर्षक गन्तव्य रहेको र यात्राका क्रममा केही कठिनाइ भएपनि प्राकृतिक मनोरम दृश्य र भौगोलिक अवस्थितले यात्रालाई थप आनन्दित र प्रफूल्ल बनाएको धारणा व्यक्त गरे।शे फोक्सुण्डो ताल
‘फोक्सुण्डो लेक विश्वकै आश्चर्यजन र अनुपम सुन्दरताको खानी रहेछ, यसले विश्व पर्यटनको ध्यानाकर्षण गराउने निश्चित छ, पदयात्रालाई व्यवस्थित र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएमा बढी भन्दा बढी पर्यटक पुर्याउन सकिन्छ’ पदयात्रामा मुख्य पथ प्रदर्शकको रुपमा गएका सोनाम शेर्पा पूर्व राजदूतसँगको पदयात्रा असाध्यै रमाइलो र अवश्मिरणीय भएको बताउँछन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सम्भावना बोकेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि बोर्डले ध्यान केन्द्रित गरेको बताए।
भारत र चीनबाट बढी भन्दा बढी पर्यटक आकर्षण गर्न विभिन्न प्रबर्द्धनात्मक अभियान शुरु गरिएको उल्लेख गर्दै डोल्पाको समग्र पर्यटन विकास र महत्वपूर्ण पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम गरिएकोे अभियान्ता विक्रम पान्डेले बताए।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईंले पर्यटकीय क्षेत्र डोल्पाको पर्यटन प्रबर्द्धनका लागि व्यवसायीले विशेष पहल गर्ने विश्वास दिलाए।
से फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख शेरसिंह ठगुन्नाले पर्यटनको अथाह सम्भावना बोकेको डोल्पाको समग्र विकास र स्थानीयवासीको आर्थिक सामाजिक परिवर्तनका निम्ति पर्यटन नै उपयुक्त माध्यम भएकाले यसको प्रबर्द्धनका लागि सरकारले विशेष अभियान चलाउनुपर्नेमा जोड दिए।राजदुतत्रय देव मुखर्जी, श्यामशरण र रणजित राय डोल्पा जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
गत चैत २६ गते काठमाडौँ आएका तीनै जना पूर्वभारतीय राजदूत २८ गते नेपालगञ्ज र त्यहाँबाट डोल्पाको जुफाल विमानस्थल ओर्लेर पदयात्रा गरी फोक्सु ट्रेकिङ क्याम पदयात्रामा १२ जना सहयोगी खटिएको कम्पनीका सञ्चार संयोजक विष्णु भट्टराईले जानकारी दिए।
हिमालय एक्सपिडिसन कम्पनीमार्फत् पदयात्रामा भएका पूर्व राजदूतको पाँच हजार मिटर अग्लो पास पनि कट्ने योजना रहेपनि भारी हिमपातका कारण फोक्सुण्डोमा थप तीन रात बिताएका थिए।
डोल्पाको सुन्दरताले लोभिए भारतीय पूर्व राजदूतहरु
Previous Articleहारको जिम्मेवारी देउवाले नलिएपछि बैठक बस्नै सकेन
Next Article कार्यक्रम शिक्षाको अख्तियारी गृहको !