१३, चैत्र, बागलुङ । निजामती कर्मचारीहरुको आकिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति, बागलुङले एक जना विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भित्र देशबाट निरक्षरता हटाउने अभियान अनुसार मुगुबाट शुरु गरेको अभियानमा ऐक्यवद्धता जनाउदै निजामती कर्मचारीहरुको आकिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति, बागलुङले पर्वतको जलजला गाउँपालिका–६, नाग्लिवाङ घर भई हाल बागलुङको कालिका कन्यामन्दिर मावि बागलुङमा कक्षा १ मा अध्ययनरत ६ वर्षिय अमित परियारको अभिभावकत्व ग्रहण गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकले सम्माननीय प्रधानमन्त्रीले सुरुवात गरेको विद्यार्थी भर्ना अभियानलाई सफल पार्न निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति, बागलुङले समेत विपन्न विद्यार्थीको अभिभावकत्व लिएर उल्लेखनिय कार्य गरेको बताउदै सरकार र सरोकारवाला सवैले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नु पर्ने र कोही पनि बालबालिका विद्यालय बाहिर बस्तु पर्ने अवस्थाको अन्त्य गर्न सकेमात्र सुखी नेपाली, समृद्ध नेपाल निर्माणको महान अभियान सफल हुनेमा जोड दिएका छन ।
कार्यक्रमामा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटा, नेपाल निजामती कर्मचारी संगठन, बागलुङ का सचिव श्याम कुमार थापा, नेपाल निजामती कर्माचारी युनियन संघ बागलुङका उपाध्यक्ष देव प्रकाश घिमिरे, कालिका कन्यामन्दिर माविका प्र.अ. धनराज सापकोटाले बोलेका थिए भने कार्यक्रमको अध्यक्षता निजामती कर्मचारीहरुको आकिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति, बागलुङका अध्यक्ष तेज प्रसाद निउरे एवम् संचालन निजामती कर्मचारीहरुको आकिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति, बागलुङका सचिव गौरव दास वैरागीले गरेका थिए ।