बागलुङ, १२ बैशाख – कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा १५ युवा केन्द्रीय सदस्यहहरुले नयाँ प्रस्ताव पेश गरेका छन् । बैठकमा नविन्द्रराज जोशी, गगन थापा लगायतका १५ युवा केन्द्रीय सदस्यहरुले ९ बुँदे नयाँ प्रस्ताव पेश गरेका हुन् ।बैठकमा पेश गरिएका प्रस्तावमा तत्काल महासमिति बैठक बोलाउने देखि संसदीय समिति बिघटन सम्मको प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्यहरुले २०७५ जेठ ११ गतेभित्र महासमिति बैठकको मिति तोक्न समेत प्रस्तव गरेका छन् ।
त्यस्तै उनीहरुले केन्द्रीय निर्वाचन समिति, विधान संशोधन मस्यौंदा समिति लगायतका समितिहरुको समेत तत्काल पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । प्रस्तावमा वैशाखभित्र जिल्ला सभापतिहरुको भेला डाक्न समेत केन्द्रीय नेतृत्वसमक्ष आग्रह गरिएको छ । नयाँ प्रस्ताव राख्ने केन्द्रीय सदस्यहरुमा नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, श्रीमती रत्न शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदिप पौडेल, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, श्रीमती किरण यादव, सुश्री सरिता प्रसाई रहेका छन् ।
यस्तो केन्द्रीय सदस्यहरुले राखेको नयाँ प्रस्ताव :
आदरणीय सभापतिज्यू
नेपाली काँग्रेस
केन्द्रीय कार्यसमिति
केन्द्रीय कार्यालय
वी।पी। नगर, वी।पी। स्मृति भवन, सानेपा, ललितपुर ।
विषय : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निम्न प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिदिनु हुन ।
महोदय,
उपरोक्त सम्वन्धमा हामी नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा निम्न प्रस्तावहरु हाल भइरहेको केन्द्रीय कार्यसमितिको बैठकमा निर्णयार्थ प्रस्तुत गर्न आवश्यक भएकाले आदरणाीय सभापतिज्यू समक्ष पेश गरेका छौं । आदरणीय सभापतिज्यू मार्फत हाम्रा निम्न प्रस्तावहरु केन्द्रीय कार्यसमितिको बैठकमा निर्णयार्थ प्रस्ताव गरिदिनु हुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौं ।
प्रस्ताव नं. १
नेपाली काँग्रेसको विधान, २०१७ ९२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा० को धारा ९२०० को उपधारा ९१० अनुसार महासमितिको साधारण बैठक २०७५ जेष्ठ ११ गते भित्र सम्पन्न हुन सक्ने गरी यसको मिति र स्थान यस बैठकबाट तय गरिदिनु हुनका लागि आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।
प्रस्ताव नं. २
नेपाली काँग्रेसको विधान, २०१७ ९२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा को धारा (२९) विपरित गठन भएको केन्द्रीय कार्यसम्पादन समिति विघटन हुनु पर्दछ । “विधानको धारा (२९) विपरित गठन भएको केन्द्रीय कार्यसम्पादन समिति विघटन हुनु पर्दछ र विधानको धारा (२९) अनुसार नयाँ केन्द्रीय कार्यसम्पादन समिति गठन हुनु पर्दछ” भन्ने प्रस्ताव आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।
प्रस्ताव नं. ३
नेपाली काँग्रेसको विधान, २०१७ ९२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा० को धारा (३१) विपरित गठन भएको संसदीय समिति विघटन हुनु पर्दछ । “विधानको धारा (३१) विपरित गठन भएको संसदीय समिति विघटन हुनु पर्दछ र विधानको धारा (३१) अनुसार नयाँ संसदीय समिति गठन हुनु पर्दछ” भन्ने प्रस्ताव आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछांै ।
प्रस्ताव नं. ४
नेपाली काँग्रेसको विधान, २०१७ ९२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा० को धारा (३५) अनुसार “केन्द्रीय निर्वाचन समिति” गठन गर्नु पर्दछ भन्ने प्रस्ताव आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।
प्रस्ताव नं. ५
नेपालको वर्तमान संविधान अनुसारको संघीय तहको संरचना, प्रदेश तहको संरचना र स्थानीय तहको संरचना अनुरुप नेपाली काँग्रेसको सांगठनीक संरचना निर्माण गर्नका लागि नेपाली काँग्रेसको विधान, २०१७ ९२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा० मा संशोधन गर्नु पर्ने आवश्यकता भएकोले “विधान संशोधन मस्यौदा समिति” गठन गर्नको लागि आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।
प्रस्ताव नं. ६
नेपाली काँग्रेसको विधान, २०१७ ९२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा० मा के कस्ता संशोधनहरु आवश्यक पर्दछन् भनी राय सुझावका लागि जिल्ला पार्टी सभापतिहरुको भेला गर्नु आवश्यक छ । यसर्थ, देशभरीका जिल्ला सभापतिहरुको भेला २०७५ वैशाख महिनाभित्र हुन सक्ने गरी यसको मिति र स्थान तय गरिदिनु हुनका लागि आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।
प्रस्ताव नं. ७
नेपाली काँग्रेसको बैठकको निर्णय पुस्तिका (माइन्युट वुक) मा उपस्थितिमा मात्र हस्ताक्षर गर्ने र निर्णय लेखिसकेपछि हस्ताक्षर नगर्ने परम्परा देखियो । यसले कसको कुन निर्णयमा सहमती हो र कसको कुन निर्णयमा असहमती हो, फरक छुट्याउन गाह्रो हुन सक्दछ । यसर्थ, निर्णय पुस्तिकाको उपस्थितिमा मात्र हस्ताक्षर होइन, सबै सदस्यहरुले निर्णय सुन्ने, निर्णय सुनिसकेपछि निर्णय पुस्तिकामा निर्णय लेख्ने र निर्णय लेखिसकेपछि पनि निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने साथै सो निर्णयमा कुनै पदाधिकारी वा सदस्यको असहमती छ भने निर्णयमा असहमती हुनेले आफ्नो असहमती (नोट अफ डिसेन्ट) लेख्न सक्ने व्यवस्था मिलाउनको लागि आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव प्रस्तुत गर्दछौं ।
प्रस्ताव नं. ८
संघीय तह, प्रदेश तह र स्थानीय तहमा नेपाली काँग्रेसको भूमिका के हुने र कस्तो हुने रु प्रदेश तह र स्थानीय तह अहिले हाम्रो लागि नौलो अभ्यास हो । प्रदेश तह र स्थानीय तहका क्रियाकलापहरुले आम जनतासंग प्रत्यक्ष सरोकार राख्दछ । सबै तहको सत्तापक्षमा रहँदा र प्रतिपक्षमा रहँदा नेपाली काँग्रेसको भूमिका के हुने र कस्तो हुने रु नेपाली काँग्रेसका कार्यकर्ताहरुमा उत्साह, उंमग, जोश, जागर र ताजगीपन कसरी ल्याउने रु नेपाली काँग्रेसलाई यो देशको पुनः सबैभन्दा ठूलो र वहुमत सहितको पार्टी कसरी बनाउने रु नेपाली काँग्रेस भित्र राजनीतिक न्याय, राजनीतिक सुरक्षा, राजनीतिक अवसर, राजनीतिक भूमिका र समान राजनीतिक निर्णयको अधिकार कसरी स्थापित गर्ने रु सबैलाई समान रुपमा अवसर र न्याय पाएको अनुभूति कसरी दिलाउने रु दुःख पाएका कार्यकर्ताहरु, सहिद परिवारका सदस्यहरु, लामो समय लोकतन्त्र र पार्टीका लागि जेल जीवन विताउनु भएका अग्रजहरु र पार्टीमा लागेका युवाहरुलाई कसरी पार्टीमा भूमिका र अवसर दिने रु पार्टीमा नयाँ पुस्ता र नयाँ युवाहरुलाई कसरी आकर्षण गर्ने र उनीहरुलाई पार्टी भित्र कसरी भूमिका र अवसरहरु दिने रु यी विषयहरु मनन् योग्य छन् ।
संघीय तह, प्रदेश तह र स्थानीय तहमा नेपाली काँग्रेसको संगठन र भूमिकालाई अझ सशक्त र सुदृढ बनाउनका लागि “सशक्त विचार र सुदृढ संगठन निर्माण अभियान” संचालन गर्दै पार्टीको सबै तहहरुमा र विदेश स्थित जनसम्पर्क समितिहरुमा प्रशिक्षण कार्यक्रम गर्नु आवश्यक छ । यसर्थ, “सशक्त विचार र सुदृढ संगठन निर्माण अभियान” सहित देशभरीका पार्टीका सबै तह र विदेशस्थित जनसम्पर्क समितिहरुमा प्रशिक्षण कार्यक्रम संचालन गर्नु पर्दछ र सो को लागि कार्यतालिका निर्माण गर्नु पर्दछ भन्ने प्रस्ताव आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।
प्रस्ताव नं. ९
देशभित्र रहेका नेपालीहरु तथा रोजगारी र अध्ययनको शिलशिलामा विदेशमा रहेका सम्पूर्ण जाती, धर्म, वर्ग, वर्ण, क्षेत्र, लिङ्ग, भाषा, संस्कृति, समुदाय र भेषभुषाका नेपालीहरुको दैनिक जनजीविका र सुन्दर भविष्यसंग जोडिएका मुद्दाहरुलाई नेपाली काँग्रेसले सदैव गम्भीर रुपले उठान गर्नु पर्ने र त्यसको समाधानको लागि दत्तचित्त भई लाग्नु पर्ने आवश्यकता छ । नेपाली काँग्रेसले आम नेपाली जनतासंग प्रत्यक्ष रुपमा संवाद गर्नु र सहकार्य गर्नु अत्यन्त आवश्यक छ । यसर्थ, आम नेपालीहरुसंग संवाद र सहकार्य गर्न पार्टीले देशभरीका पार्टीका सबै तह र जनसम्पर्क समिति मार्फत विदेशमा रहेका नेपालीहरुको माझ “आम नेपालीसंग–नेपाली काँग्रेस अभियान” संचालन गर्नु पर्दछ भन्ने प्रस्ताव आदरणाीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं । जय नेपाल
क्र.स. नाम पद हस्ताक्षर
१. श्री नविन्द्रराज जोशी केन्द्रीय सदस्य
२. श्री चन्द्र भण्डारी केन्द्रीय सदस्य
३. श्रीमति कमला पन्त केन्द्रीय सदस्य
४. श्री धनराज गुरुङ्ग केन्द्रीय सदस्य
५. श्रीमति रत्न शेरचन केन्द्रीय सदस्य
६. श्री गगनकुमार थापा केन्द्रीय सदस्य
७. श्री बद्री पाण्डे केन्द्रीय सदस्य
८. श्री जीवन परियार केन्द्रीय सदस्य
९ . श्री गोविन्द भट्टराई केन्द्रीय सदस्य
१०. श्री गुरुराज घिमिरे केन्द्रीय सदस्य
११. श्री प्रदिप पौडेल केन्द्रीय सदस्य
१२. श्री कल्याणकुमार गुरुङ्ग केन्द्रीय सदस्य
१३. श्री रामकृष्ण यादव केन्द्रीय सदस्य
१४. श्रीमति किरण यादव केन्द्रीय सदस्य
१५. सुश्री सरिता प्रसाई केन्द्रीय सदस्य
कांग्रेसका युवा केन्द्रीय सदस्यले राखे यस्तो नयाँ प्रस्ताव
Previous Articleयोजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
Next Article परराष्ट्रका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस