बागलुङ, ९ बैशाख– नेपालकै अग्लो झोलुङ्गे पुल, यान्त्रिक पुल र बलेवा बिमानस्थलका कारण चर्चामा रहेको बलेवा क्षेत्रमा निर्माण हुन लागेको बन्जीजम्प आगामी आसोज सम्ममा सञ्चालनमा आउने भएको छ । बलेवा र कुश्मा जोड्ने गरी कालिगण्डकी माथि निर्माण कार्य भैरहेको बन्जी जम्प निर्धारित समयमा नै निमाण सम्पन्न गरी सञ्चालनमा आउने भएको हो ।
निर्माण कम्पनीका अनुसार, हाल निर्माण भैरहेको पुलको लठ्ठा तान्ने काम चलेकाले आगामी असोज निर्धारित समयमा नै काम सम्पन्न गरी सञ्चालनमा ल्याउन लागिएको हो । स्थानिय युवाहरुको लगानीमा ‘द क्लिफ प्रा.लि.’ ले बागलुङको नारायणस्थान र पर्वतको कुश्मा बजार जोड्ने गरी सिंगल स्पानको झोलुङ्गे पुल निर्माण गरि बन्जीजम्प सञ्चालनमा ल्याउन लागेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । साहसिक पर्यटकलाई आकर्षित गर्न कालिगण्डकीमाथि १६ करोड रुपैयाँ लगानीमा बन्जीजम्प निर्माण कार्य थालिएको थियो । कुश्मा–बलेवा जोड्नेगरी कालीगण्डकी नदीमाथि १६ करोड रुपैयाँको लागतमा पाँच सय ३५ मिटर लम्बाई र दुई सय २५ मिटर उचाईको पुल निर्माण गरी बन्जी जम्प निर्माण हुने छ ।
२०७३ बैशाखबाट निर्माण सुरु गरिएको उक्त आयोजनाको अहिलेसम्म सम्पूर्ण फाउण्डेसनको काम सम्पन्न भैसकेका छन् । अबको पाँच महिनाभित्र बन्जीजम्प तयार हुने प्र्रा.लि.का कार्कीले जानकारी दिए । बन्जीजम्पसँगै उक्त ठाउँमा साइक्लिङ, लठ्ठामा मच्चिने पिङ जस्तै खेल (स्विङ) सहित रिसोर्ट समेत सञ्चालन हुने कम्पनीले जनाएको छ । प्रा.लि.का अध्यक्ष राजु कार्कीका अनुसार, प्रतिदिन दुई सय जनाले खेल्न मिल्ने र छ सय जना मानिस वारपार गर्न सक्ने क्षमता रहेको उक्त बन्जीजम्प पुल विश्वको दोस्रो र स्विङ विश्वकै अग्लो हुने छ । बन्जी खेल विश्वकै साहसिक खेल भएकाले गहिरो गल्छी बनाएर बग्ने कालीगण्डकी माथिको भू–भाग अति उपयुक्त भएकाले बन्जीजम्प निर्माण गरिएको कार्कीले बताए । यो आयोजना सम्पन्न भएर सञ्चालनमा आएपछि बलेवामा रहेको बलेवा बिमानस्थललाई समेत सघाउ पु¥याउने स्थानियले बताएका छन् । ‘प्राय बन्जीजम्प गर्ने भनेका बिदेशी पर्यटकहरु हुन्’ बलेवा नारायणस्थानका नारायाण प्रसाद श्रेष्ठले भने– ‘बन्जी जम्पका लागि बलेवा आउने पर्यटकले हावाको बाटो प्रयोग गरेभने बिमानस्थल सञ्चालन थप सहज हुने छ ।’ आन्तरिक पर्यटकको तुलनामा बन्जी जम्प गर्न बाह्यीय पर्यटक बढी आउने र उनीहरुले काठमाण्डौदेखी बलेवासम्म हवाई मार्गको प्रयोग गर्ने भएकाले बिमानस्थल सञ्चालनमा टेवा पुग्ने श्रेष्ठको दाबी छ ।
बन्जीजम्प निर्माण स्थल बलेवा विमानस्थल नजिकै भएकाले पनि बन्जीजम्प सञ्चालनमा सहजता आउनेछ । बलेवा क्षेत्रमा एयरपोर्ट, मुस्ताङ–बुटवलसँग सिधा यातायातका लागि कालीगण्डकी करिडोर, पुर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण हुन थालेकाले बन्जीजम्पको प्रवद्र्धनमा सहजता आउँने श्रेष्ठले बताए । बन्जी निर्माणका लागि पर्वतको कुस्मातर्फ चार आना र बलेवामा २५ रोपनी जग्गा खरिद गरि भौतिक संरचनाका कामहरु भइरहेका छन् । स्थानीय युवाहरुको लगानी रहेको उक्त बन्जीजम्प नेपालकै प्रमुख गन्तव्य बन्नेमा स्थानिय बलेवाबासी आसावादी छन् ।
पर्यटनको प्रबर्धनसँग जोडिएको यो योजनाका लागि बन्जीजम्प खेल्न आउने पर्यटकहरुलाई कम्तीमा पनि तीन दिनदेखि एक सातासम्मको टे«किङको व्यवस्था गर्नका लागि नयाँ टे«किङ रुटको खोजी भइरहेको छ । ‘हामीकहाँ आउने पर्यटक बन्जीमात्र खेल्नका लागि आउँदैनन, उनीहरुलाई कम्तीमा पनि एक हप्तासम्म यतै भुलाउने गरी टे«किङ रुटको खोजी गरिरहेका छौं’ निर्माण कम्पनीका अध्यक्ष कार्कीले भने– ‘सम्भवतः बलेवा क्षेत्र भैरवस्थान, उच्च हिमालहरु अवलोकन गर्न सकिेन भकुण्डेको मुलाबारीसम्मको टे«किङ रुट तयार गर्ने सोंच बनाएका छौं ।’ नेपालका अन्य ठाउँमा निर्माण गरिएका बन्जी जम्पहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढीनै भएकाले बागलुङमा निर्माण गरिने बन्जीजम्पमा पर्यटकहरु आकर्षित हुने कम्पनीले जनाएको छ ।