नेपालको कुल ग्राहस्थ्य उत्पादन मध्ये कृषि, रेमिटान्स पछिको सबैभन्दा ठुलो हिस्सा ओगटेको आर्थिक क्षेत्र हो पर्यटन । प्राकृतिक बिभिधताले भरीपुर्ण मानिएको नेपालमा पर्यटनका हिसावले प्रसस्त सम्भावनाहरु छन् । मानव निर्र्मित भन्दा धेरै प्रकृतिको उपहारका रुपमा रहेका नेपालका सम्भावनाहरुको खोजी र प्रचार प्रसार तथा संरक्षणको कुरा पछिल्लो समय जोडतोडका साथ उठ्ने गरेको छ । देश पुनःसंरचनामा गएपछि बनेका स्थानीय तहहरुमा पर्यटनको बिकासको बिषयमा राम्रै छलफल र बहसहरु चल्ने गरेका छन् ।
जसरी जनस्तरमा पर्यटनका सम्भाव्य क्षेत्रको बिषयमा चर्चा चल्ने गरेको छ त्यो हिसावमा स्थानीय तहमा रहेका प्राकृतिक पर्यटनका सम्भाव्य क्षेत्रहरुमा सरकारको ध्यान नपुग्ने गरेको तथ्य हाम्रा सामु छ । बागलुङको सन्दर्भमा हेर्नु पर्दा यता प्राकृतिक सुन्दरतायुक्त गाजाको दह पर्यटकको पर्खाइमा छ । उता ढोरपाटनमा रहेको रुद्र ताल त संरक्षण गर्नुपर्ने आवस्यकता समेत छ । जैमिनी नगरपालिका–३ स्थित गाजाको तह र ढोरपाटन नगरपालिकामा पर्ने रुद्र ताल जिल्लाको पर्यटकीय गन्तव्य मध्येको तालहरु हुन् । सदरमुकामदेखि दुरीका हिसावले निकै टाढा रहेका यस्ता तालतलैया हरुको उचित प्रचार प्रसार र संरक्षणको अभावमा पर्यटकका मनमोहक गन्तव्य बन्न सक्ने सम्भावना भएर पनि पछाडि परेको अवस्थामा छन् । निकै उचाईमा रहेका यस्ता तालहरु प्राकृतिक हिसावले समेत निकै मनमोहक र रोचक सांकृतिक महत्व बोकेका छन् । ताल तथा दह नजिकैबाट देखिने हिमाली दृश्य, वसन्त याममा ढकमक्क फुल्ने गुराँसले आसपासको मानव बस्तिको रहन सहन आन्तरीक तथा बाहिय पर्यटककोलागि महत्वपुर्ण बिषय बन्न सक्छ । नयाँ बनेका स्थानिय तहहरु संरचनाका हिसावले निकै चुनौतीपुर्ण अवस्थामा छन् । अर्को तर्फ स्रोत र साधनको अभावका कारण स्थानिय तहहरुलाई सामान्य खर्चको जोहो गर्न समेत हम्मे हम्मे अवस्वथा छ । सत्ता सञ्चालनका लागि आवस्यक हुने बजेटको व्यवस्थापन गर्न स्रोत परिचालन महत्वपूर्ण बिषय हो ।
उत्पादनका हिसावले निकै कम उत्पादन हुने क्षेत्रमा रहेका स्थानीय तहहरुमा कुनै न कुनै प्रकृतिक स्रोत साधान छन् । अव स्थानीय तहहरुले आफ्नो स्थानीय सरकारको पहिचाहनको रुपमा यस्ता तालतलैया तथा प्राकृतिक तथा सांकृतिक महत्व बोकेका स्थानहरुको पहिचाहन गर्दै यस्ता स्थानहरुलाई पर्यटनको गन्तव्यको रुपमा बिकास गर्ने र त्यसबाट आर्जन हुने राजस्व स्थानिय सरकारको स्रोतको रुपमा प्रयोग गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो । सम्भावना भएका क्षेत्रहरु छन् भनेर मात्रै हुँदैन, आर्थिक गतिविधि सञ्चालन हुनका लागि पहिले कुनै न कुनै रुपमा लगानी गर्ने र पछि सोही लगानीको प्रतिफलबाट प्राप्त फाईदा लिने वातावरण मिलाउनु पर्छ । बिना लगानीको प्रतिफल र बीना प्रयासको प्राप्तीको खोजीमा अव पनि स्थानीयतह बसीरहे भने त्यसको असर आर्थिक क्षेत्रमा पर्नेछ । स्थानीय तहले अधिकार पाएको समयमा त्यस्ता स्थानको संरक्षणमा ध्यान दिन जरुरी छ । स्रोत साधनको सदुपयोग गर्दै आर्थिक बिकास गर्ने भन्नेमा सत्ताशिन दल तथा सम्बन्धीत क्षेत्रका सरोकारवालाहरुले समयमानै बिचार गरौं । दिगो आर्थिक बिकासका लागि पर्यटन क्षेत्रको प्राप्त प्रयोग गरौं ।
Previous Articleदलितको जवानी चल्छ पानी किन चल्दैन ?
Next Article मुटु परिक्षण शिविर चार सय लावान्वीत