काठमाडौँ, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा तीन मन्त्री, १० सांसद, विभिन्न मन्त्रालयका अधिकारीसहित करिब ४० सदस्यीय प्रतिनिधिमण्डल र कलाकार, व्यवसायीसहित करिब ६० जना सहभागी हुने तय भएको छ ।
परराष्ट्र मन्त्रालयले प्रतिनिधिमण्डलको सूची सोमबार दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयमा बुझाएको छ। भ्रमण टोलीमा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वाणिज्यमन्त्री मातृका यादव र भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ रहनेछन् ।
ऊर्जासहित पाँच मन्त्रालयका सचिव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, एक दर्जन सांसद, निजी चिकित्सक र सुरक्षाकर्मीसमेत भ्रमण दलमा छन् ।
Previous Articleआयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य
Next Article २५ मेगावाट सोलार ऊर्जा एक वर्षभित्रै सञ्चालनमा