काठमाडौं, २ चैत-नेकपा एमालेले ओली सरकारमा सहभागी हुने छ जना मन्त्री र तीन राज्यमन्त्री छानेको छ । एमाले सचिवहरु प्रदीप ज्ञवाली परराष्ट्र र गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री बनेका छन् । यसैगरी, रवीन्द्र अधिकारी पर्यटन मन्त्री बनेका छन् भने जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
यसैगरी, रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बनेका छन् भने शेरबहादुर तामाङलाई कानुन मन्त्रीको जिम्मेवारी दिइएको छ । युवा नेता गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बनेका छन् । संचारमन्त्री भने खाली राखिएको छ । पदमा अर्याल युवा रोजगार राज्यमन्त्री र धनबहादुर बुढा पर्यटन राज्यमन्त्री भएका छन् । यसअघि वातावरण मन्त्री बनेका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
एमालेका ६ नयाँ मन्त्री, अधिकारीलाई पर्यटन मन्त्रालय
Previous Articleबिना सहित माओवादीले छान्यो ५ मन्त्री
Next Article एनसीसी काण्ड: २ सय करोड घोटाला गर्ने १३ जना पक्राउ