नेपालको कानुन अनुसार जातिय दुव्र्यवहार गर्नु भनेको जघन्य अपराध हो । नेपालको संबिधान २०७२ ले कुनैपनि जातिय आधारमा दुव्र्यवहार गर्नेहरुलाई हदैसम्मको कानुनको व्यवस्था गरेको । विश्व २१ औं शतावदीमा प्रबेश गरेको छ । बिज्ञान र प्रविधिले फड्को मारेर नयाँ युगको थालनी भैसकेको छ । तर अझैपनि अज्ञान र अशिक्षाका कारण नेपालमा भने जातिय बिभेदको खाडल अझै पुरिन सकेको छैन् । देशका कुना कन्दरादेखी राजधानीसम्म जातियताका कारण दुव्र्यवहार भएका घटनाहरु सार्वजनिक भैरहेका छन् । दलित भएको भन्दै केही दिन अगाडि मात्रै बागलुङ घर भएका दुई जना क्रियाशिल पत्रकारलाई घर मालिकद्वारा राजधानी काठमाण्डौमा दुव्र्यवहार गरिएको छ । यो घटना अत्यन्तै निन्दनीय घटना हो । मानिसले मानिसलाई समान व्यवहारको सट्टा उचो निचोको दृष्टीले हेर्ने यो कानुनी हिसावले दण्डनीय व्यवहार हो । उनीहरुले भाडामा लिएको कोठाबाटै निकालिनु अर्को दुभाग्यपुर्ण कुरा हो ।
इमेज च्यानलमा आवद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थति घर मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिएको कोठा अरुलाई नै दिएको उनीहरुले बताईरहेका छन् । घटना जातियताका कारणले भएको छ । घर मालिकको घर आफ्नो हो । घर भाडामा लगाउने वा नलगाउने भन्ने अधिकार उनीहरुमा निहित होला तर भाडामा लगाईसकेको र अग्रिम भाडा भुक्तानी लिईसकेको अवस्थामा पीडित पत्रकारहरु दलित भएकै कारणले घरबाट निकालिनु भनेको देशको कानुनको उपहास मात्रै होईन यो समाजलाई दिएको चुनौतिको बिषय हो । जातिय आधारमा उनीहरुमाथि भएको बिभेदको यथाशिघ्र छानविन र दोषी उपर कडा कारवाईको व्यवस्था मिलाउन राज्य र अधिकारकर्मीहरु लाग्न जरुरी छ । अहिले पनि देशका बिभिन्न ठाउँमा जातियताका कारण अन्तरजातिय बिबाह अस्विीकार्य हुने गरेको छ । अन्तरजातिय बिबाह गरेकै कारण कयौं युवा घरबास छोडेर हिँडेका छन्भने कयौं युवतीहरु माईतीबिहिन भएको अवस्था छ ।
त्यो मात्रै हैन धारा पँधेरा, सार्वजनिक भोजभतेर र मठ मन्दिरहरुमा हुने बिभेदका घटनाहरु समेत अझै सुन्यमा झार्न सकिएको छैन् । कानुनले दण्डनीय अपराधको रुपमा लिपिबद्ध गरेको भएपनि व्यवहारिक जीवनमा त्यसको प्रयोग हु्न नसक्दा यस्ता समस्या आएका हुन् । जातिय बिभेद गर्नेहरुलाई कानुनको मुल मर्ममा टेकेर कावाएहीको कठघरामा उभ्याउन नसक्दा पनि यस्ता खालका समस्या दोहोरिई रहेका छन् । सामाजिक चेतना भएका नागरिकले मानिस मानिस बीचको सम्बन्धलाई समान देख्ने र मानविय मर्म बिपरित दुव्र्यवहार गर्नेहरुलाई कडाभन्दा कडा कावाएही गर्ने होभने यि र यस्ता खालका समस्यामा कमी आउने थियो । जातिय बिभेदका घटना राज्यले कानुन बनाएर मात्रै घट्ने होईन हामिले हाम्रो समुदाय र व्यक्ति तथा घरबाट व्यवहारमा सुधार ल्याएर मात्रै बिभेदको अन्त्य हुने छ । नेपाली समाजमा लामो समय जरा गाडेर बसेको बिभेदको अन्त्यका लागि हातमा हात मिलाएर एकबद्ध भएर उठ्न जरुरी छ ।
Previous Articleअन्तर्राष्ट्रिय महिला दिवस,आज विश्वभर कार्यक्रम गरेर मनाइँदै
Next Article महिला अधिकारका लागि एकीकृत पहल आवश्यक-राष्ट्रपति