बागलुङ, १७ फागुन – प्रहरीले होलीमा होहल्ला गर्ने, मादक पर्दाथ सेवन गरेर सवारीसाधन चलाउने तथा जवरजस्ती रंग दल्ने ४ सय जना युवायुवतीलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अहिले साँझको ५ बजेसम्म ४ सय युवा युवती तथा ४ सय ५० सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।
परिसरले होली सुरक्षाका लागि ३२ सय प्रहरी अधिकारी र जवानलाई खटाएको थियो। सहरका १ सय ६ स्थानमा प्रहरी टोली र २० वटा मोबाइल टोली सक्रिय छन। परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले अघिल्ला होलीमा भन्दा बढि भिड र कार्यक्रम कुनै झै–झगडा र झडप नभई समापनको तयारीमा रहेको बताए। उनले सुरक्षित रुपमा होली मनाउनेहरुको सख्या बढेकोमा खुसी ब्यक्त गरे। ‘होली मनाउनेहरुको सहभागिता यसपटक बढि देखियो, समान्य रुपमा अब समापन तर्फ जादैंछ,’ एसएसपी पोखरेलले भने।