काठमाडौं, १० फागुन – सरकारमा पठाउने नेताको नाम छनौट गर्ने जिम्मा प्रचण्डलाई दिदै नेकपा (माआवादी केन्द्र)को कार्यालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा अपरान्ह चार बजेदेखि चलेको बैठकमा नेकपा एमालेसँगको पार्टी एकता, सरकार गठनलगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
प्रवक्ता भुसालका अनुसार, बैठकमा सहभागी कार्यलय सदस्यहले पार्टी एकताका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सात बुँदे समझदारीका बारेमा जिज्ञासा राखेका थिए । पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित दुबै कार्यदलको आजको बैठकको प्रगतिका बारेमा समेत छलफल भएको थियो ।
बैठकले पार्टी एकताको प्रक्रियाको स्वागत गरेको भुसालले बताइन् । यसैगरी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट सहभागी हुने मन्त्रीहरुका बारेमा समेत छलफल भएको छ।
‘मन्त्री छनोट गर्दा समावेशी, समानुपातिक आधारमा नयाँ र पुराना, अनुभवीलगायत सबै पक्षलाई विचार गरेर पठाउने भन्ने विषयमा छलफल भयो । तर, आजको बैठकमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन’, प्रवक्ता भुसालले भनिन्, “मन्त्रालय १८ बनाउने भन्ने कुरा भएको छ । तर नामका बारेमा माथिका पक्षहरु विचार गरेर अध्यक्षलाई जिम्मा दिइएको छ ।
माओवादी बैठक: मन्त्री छनोट गर्ने जिम्मा प्रचण्डलाई
Previous Articleजनहित माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव
Next Article छिमेकी तीनै पक्षले सकारात्मक सम्पर्क राख्नुपर्छ-चीन