लन्डन, २० माघ -संयुक्त राष्ट्र संघको एउटा प्रतिवेदनले उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल पूर्वी एशियाकाे बर्मासम्म पुर्याएको दावी गरेकाे छ। प्रतिवेदनमा दावी गरिएअनुसार उत्तरले घातक रासायनिक हतियार बनाउन सिरियालाई सहयोग गरिरहेकाे छ। विशेषज्ञको एउटा टोलीले तयार पारेको सो प्रतिवेदनमा भनिएको छ, ‘उत्तर कोरियाले म्यान्मारलाई समेत ब्यालेष्टिक मिसाइल उपलब्ध गराएको छ।’
यी दुवै देशलाई सहयोग गरेको विषयको प्रमाण सो विज्ञ टोलीले पाएको प्रतिवेदनमा उल्लेख छ। ‘सिरिया र म्यान्मारको सेनाले त्यस्ता घातक हतियार लिन मद्दत गरे। यो विषयको प्रमाण छ’, प्रतिवेदनमा भनिएको छ। तर राष्ट्रसंघका लागि म्यान्मारका राजदूतले आफ्नो देशको उत्तर कोरियासँग कुनै सैन्य सम्बन्ध नरहेको बताएका छन्। रिपोर्टअनुसार उत्तर कोरियाले प्रतिबन्धित वस्तु निर्यात गरी गत वर्ष करिब २०० मिलियन अमेरिकी डलर कमाएको छ।
अमेरिकासहित तमाम अन्तर्राष्ट्रिय व्यापारिक प्रतिबन्ध हुँदाहुँदै पनि पेङयाङले यति ठूलो अन्तर्राष्ट्रिय व्यापार हाँसिल गर्न सफल भएको हो। चीन, रुस, मलेसियासहित कैयौं देश उत्तर कोरियाको गैरकानुनी निर्यात गर्न असफल भएको प्रतिवेदनमा उल्लेख छ। ब्यालेष्टिक मिसाइल परीक्षणका कारण पेङयाङलाई अमेरिका, संयुक्त राष्ट्रसंघ तथा युरोपियन युनियनले व्यापारिक प्रतिबन्ध लगाएका छन्।
राष्ट्रसंघ सुरक्षा परिषदलाई बुझाइएको विशेषज्ञको रिपोर्टमा भनिएको छ, ‘उत्तर कोरियाले सन् २०१७ जनवरीदेखि सेप्टेम्बरसम्म लगभग सबै प्रतिबन्धित सामग्री निर्यात गर्न सफल भएको छ।’ रिपोर्टअनुसार यसबारेमा कैयौं मल्टिनेशनल तेल कम्पनीमाथि छानवीन भइरहेको छ। ती कम्पनीहरुले उत्तर कोरियालाई पेट्रोलियम उत्पादन आपूर्ति गरेको बताइएको छ। ती कुन कुन कम्पनी हुन् भन्ने सार्वजनिक गरिएको छैन।
बर्मासम्म पुर्यायो उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल-राष्ट्रसंघ
Previous Articleचिसोले घुम्टेमा पर्यटक घटे
Next Article पढ्नैपर्ने १११ नेपाली पुस्तक, कुनै छुटे कि ?