काठमाडौं, १८ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्। बिहीबार अपराह्न काठमाडौं आइपुगेकी स्वराजसँग अध्यक्ष ओलीले साँझ साढे ६ बजे होटल सोल्टीमा भेट गरेका हुन्। ओलीले सोल्टीमै स्वराजको सम्मानमा रात्रीभोज आयोजना गरेका छन्।
भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, पारस्परिक हित र आगामी सरकारसँग सहकार्यका विषयमा छलफल भएको ओलीको निजी सचिवालयले जनाएको छ। भेटमा स्वराजले वाम गठबन्धन नेतृत्वको आगामी सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताएकी थिइन्।
६ महिने नाकाबन्दीबाट चिसिएको नेपाल–भारत र भारत–ओली सम्बन्ध सुधारका रुपमा स्वराजको भ्रमणलाई लिइएको छ। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा आगामी सरकारसँग सहकार्यको वातावरण बनाउन नेपाल आएको बताइन्छ।
Previous Articleकाँठेखोलामा गुरु योजना निर्माणका लागि छलफल सुरु
Next Article फेरी बढ्यो पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ मूल्य