डिल्ली प्रसाद गौतम
माघ १६ अर्थात् शहिदको सम्झनामा मनाईने माघ १६ लाई यसबर्ष पनि हिजोमात्र देशभर बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । खासगरी बर्षको एकपटक मात्र शहिदको नाममा बिबिध औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गर्ने, शहिदपार्कमा पुगेर शहिदको तस्विरमा माल्यापर्ण गर्ने र २÷४ शब्द शहिदको नाममा कविता बाचन वा भाषण ब्यक्त गरेर मात्रै शहिदहरुको सम्मान हुन्छ त ? यो अहिले गम्भीर प्रश्न आमनागरिक र शहिद परिवारको मुखारबिन्दबाट ब्यक्त हुने भावनाहरु हुन् । नेपालमा जहाँनिय राणा शासनको अन्त्य र देशमा प्रजातन्त्रको पुर्ण प्रत्याभुती गराउन र जनतालाई रैती वा स्वतन्त्र नागरिक बनाउनको लागि बि.सं १९९७ सालदेखी राणा शासनको बिरुद्धमा आन्दोलनको बिगुल फुकीएको थियो । त्यहि अवस्वथामा क्रुर राणा शासनका मतियारहरुले जनतालाई रैतीबाट मुक्त गर्नको लागि तत्कालिन शासनबिरुद्धको आन्दोलनको नेतृत्वकर्ता दशरथ, धर्मभक्त, गंगालल र शुक्रराजलाई भुण्डाएर मृत्युदण्ड दिएको थियो तिनै बीर शहिदको सम्झनामा प्रत्येक बर्ष माघ १६ गतेको दिनलाई शहिद दिवशको रुपमा मनाईदै आएको छ ।
समयको परिवर्तनसँगै शासन व्यवस्थामा पनि परिवर्तन हुँदै गयो । २००७ सालमा राणा शासनको अन्त्यसँगै प्राप्त जनताको प्रजातन्त्र सबल र सुदृढ नहुँदै २०१७ सालमा तत्कालिन शाह बंशिय शासक राजा महेन्द्र वा तत्कालिन राजनीतिक कु मार्फत अपहरण भयो । तपश्या त्यस पस्चात होला २०४६ सम्म बिभिन्न समयमा तत्कालिन पञ्चायती ब्यबस्थाबिरुद्ध पनि कहिले सत्याग्रह त कहिले जनमत संग्रह वा कहिले राजनीतिक आन्दोलन हुँदै गर्दा पनि कैयन नेपाली नागरिकहरुले आफ्नो ज्यानको बाजी लगाए र जनतालाई स्वतन्त्र बनाउनको लागि अकालमा मृत्युवरण गर्नुप¥यो । व्यक्ति मात्रै हैन २०४६ मा प्राप्त प्रजातन्त्र पुन २०५८ मा आएर पुन अपहरण भयो । २०६२÷०६३ को तेस्रो लोकतान्त्रिक आन्दोलनमा समेत कयैन नेपाली सपुतहरुको तत्कालिन शासकको अत्याचार र दमनका क्रममा युद्ध लिला समाप्त पारियो । यसरी देशका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रभागमा रहेका आफ्नो प्राणको आहुती दिँदै देश र जनतालाई स्वतन्त्र सार्वभौम सम्पन्न बनाउनको लागि ज्यानको बलिदानी दिएका बिर योद्धाहरुको स्मरणमा मनाईने दिननै शहिद दिवश हो । देशमा भएका प्रमुख राजनीतिक घटना क्रम र राजनीतिक परिवर्तन पश्चात नेपालमा समय–समयमा बिभिन्न राजनीतिक दलका नेताको नेतृत्वमा सरकार समेत गठन भैसकेका छन् र मुलुकमा धेरै राजनीतिक परिवर्तन समेत भैसकेका पनि छन् । तर पनि जुन उद्देश्यका साथ शहिदहरुले आफ्नो प्राणको आहुती दिएका थिए त्यसअनुसार देशमा शासन व्यवस्था सञ्चालन भैरहेको पाईंदैन् । शहिद परिवारहरु अझैपनि सम्मानित हुन सकिरहेका छैनन् । उनीहरुलाई दैनिक जिविकोपार्जन गर्न र बालबच्चाको शिक्षा–दिक्षा लालन–पालन र रोजगारीको ग्यारेण्टी अझै राज्यले गर्न सकिरहेको छैन् । कयौं सहिद परिवारहरुमा अझै कष्टकर जीवन व्यतित गर्न बाध्य भएको कुरा बेला–बेलामा व्यक्त सहिद परिवारका बिचारबाट समेत पुष्टी हुन्छ । खासगरी वर्तमान परिपेक्षमा आईपुग्दा शहिद परिवार र स्वयम् शहिदहरुको सम्मानभन्दा अपहेलना हुने परिस्थीती सिर्जना भएको छ । राजनीतिक नेतृत्व गर्ने व्यक्तिहरुको अपारदर्शिता र नागरिक स्तरबाट समेत जो जस्तोसुकै व्यक्तिलाई पनि शहिद घोषणा गर्ने वा बनाईदिने संकिर्ण गतिबिधिका कारण अहिले वास्तविक शहिदको अवमुल्यन भैरहेको छ । आफ्नो कुनै पार्टि, जाति क्षेत्र वा घर परिवारको माया मोहभन्दा माथि उठेर समग्र राष्ट्र र जनताको लागि गरिएका बलिदानी पछिल्लो समयमा गरिएका शहिद घोषणाका बिषयले ओझेलमा परेका छन् । खास गरी २०५२ देखी सञ्चालित भुमिगत आन्दोलनहुँदै २०६४ पस्चातको मघेश आन्दोलनको पेरीफेरीमा शहिदको संख्या ह्वात्तै बढेको पाईन्छ । त्यति मात्रै हैन २०७२ सालमा संबिधान घोषणा पुर्व वा पश्चातका क्षेत्रीय आन्दोलनले पनि शहिदको संख्यामा बृद्धि भएको पाईएको छ । पछिल्लो समयमा आईपुग्दा त कोही कसैको आपसी मुठभेडमा मारिएका समेत शहिद घोषणा गर्न माग गर्ने र राज्य पक्षले घोषणा गर्दै जानुले अब शहिद कुन पार्टिको कति जना वा कस्को नेतृत्व कालमा कतिजना शहिद घोषणा गर्ने भन्ने होडबाजी नै चलेजस्तो आभास हुन थालेको छ ।
देशमा धेरै रगत बगिरहेको छ । देशमा कयौं राजनीतिक परिवर्तन पनि भैसकेका छन् र देशमा प्रजातन्त्र लोकतन्त्रहुँदै गणतन्त्र स्थापना भएको छ । देशमा लामो समय प्रतिक्षारत संबिधानसभाका निर्वाचन तथा संबिधानसभाद्धारा निर्मित संबिधान जारी भै देश संघियतामा परिणत पनि भै सकेको छ । राजनीतिक परिवर्तन मात्र शहिदको सपना थिएन । देशमा राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक, शैक्षिक परिवर्तनसँगै देश र जनताको समुन्नती हुनु पदथ्र्यो । तर जसरी राजनीतिक परिवर्तन र नेतृत्व परिवर्तन भयो त्यसको तुलनामा समग्र देश र जनताको स्तर उन्नती हुन सकेन् । देशमा सु–शासन शहिदको मुख्य सपना थियो तर देशले त्यो प्राप्त गर्न सकेन् । नेता झन्–झन धनी र जनता गरिब बन्ने क्रम जारी छ । देशमा जनता शिक्षा, स्वास्थ्य र रोजगारी बिमुख छन् । पखला र ज्वरोको औषधि अनि एकसरो कपडा नपाएर नागरिकले मृत्युवरण गरिरहँदा प्रमुख नेताहरु देशको करोडौं ढिकुटी खर्चे र बिदेश भ्रमण र औषधि उपचार गर्न जान्छन् । के यहि थियो त शहिदको सपना ? कतै फेरी यिनै गणतन्त्रका हिमायती नेताकाबिरुद्ध पुनः जनताले अर्को आन्दोलन गर्नुपर्ने त होईन् ? तसर्थ जनता र देशको चाहना र भावना को सम्बोधन होस् । शहिदको सपना साकार हुन् र देश जनताको आर्थिक उन्नतीमा नेतृत्वको ध्यान जाओस् लेखकको तर्फबाट शहिद प्रति श्रद्धासुमन ।
Previous Articleयस्तो छ सरकारले तोकेको नयाँ मर्यादाक्रम
Next Article बाल अधिकारको सम्मा