बागलुङ, १६ माघ – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीभित्र शक्तिशाली बन्ने रणनीतिमा अग्रसर भएका छन् ।
आसन्न महासमिति बैठकमा आफूअनुकूल विधान संशोधन गरेर पार्टीभित्र शक्तिशाली रहिरहने उद्देश्य देउवाको छ, जसलाई उनी निकट केन्द्रीय सदस्यहरूले सघाइरहेका छन् ।
त्यसको ठीकविपरीत चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेलसहितका केन्द्रीय कार्यसमितिका युवा सदस्यहरूको एउटा जमात भने महासमिति बैठक हुँदै ‘अर्ली महाधिवेशन’ बोलाउन बाध्य पारेर नेतृत्व परिवर्तनको दिशासम्म पार्टीलाई लैजाने जनमत बनाउने प्रयत्नमा लागेको छ । त्यसलाई रोक्न सभापति स्वयं र उनी निकट सदस्यहरू यतिबेला अग्रसर देखिन्छन् ।
Previous Articleसरकारले खारेज गर्यो नेशनल ट्रेडिङ लिमिटेड
Next Article भारतलाई उछिन्दै चीन पहिलो नम्बरमा